प्रदेश नं १ प्रदेश प्रमुख अधिकारी –बकर ईद शुभकामना सन्देश

मनोज दाहाल २०७७ साउन १७ गते १२:०० मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१७ साउन । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ईस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–उल–अजहा (बकर ईद) को अवसरमा आज एक शुभकामना सन्देश दिनु भएको छ।

प्रदेश प्रमुख अधिकारीले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राष्ट्रपे्रमी नेपाली ईस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा यस महान चाड(बकर ईद)ले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले जारी गर्नु भएको सन्देशमा हजरत मुहम्मतको स्वीकृतिमा मनाउँदै आएको यस पर्वमा आत्मिक भावले अल्लाहसँग प्रार्थना गरी सामुहिक हर्षबढाइँका साथ शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको उल्लेख गर्नु भएको छ।

आज विश्व नै कोभिड – १९ को महामारीले आक्रान्त पारिरहेको यस परीपेक्षमा भौतिक तथा सामाजिक दूरी कायम गरी बकर ईद पर्व मनाउँनु सबै इस्लाम धर्मावलम्बीहरूको अनिवार्य कर्तव्य बनेको कुरालाई स्मरण गराउँन चाहान्छु सन्देशमा उहाँले उल्लेख गर्नु भएको छ।

बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषताले युक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी ईस्लाम धर्मावलम्बीहरू एकता र राष्ट्रिय स्वाभिमानका प्रतिक हुन् सन्देशमा उहाँले उल्लेख गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले बकर ईद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्ने कुरामा मैले विश्वास लिएको छु सन्देशमा उल्लेख गर्नु भएको छ।

घर मै सुरक्षित बसी बकर ईद पर्व भव्य र सभ्य रुपमा मनाउँनु हुन उहाँले अनुरोध गर्दै कोभिड – १९ सँग लड्ने शक्ति अल्लाहले सबैलाई प्रदान गरून् भन्ने अभिलाषा राखेको छु उहाँले व्यक्त गर्नु भएको छ।

मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त बकर ईद पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै पुनःसबैमा हार्दिक शुभकामना उहाँले व्यक्त गर्नु भएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया