मंगलबार, साउन २० २०७७
काठमाडौं ०८:४१
वासिङटन डिसी 22:56

जर्जियाका गभर्नरले जन स्वास्थ्यलाई ध्यानमा राख्दै आपतकालिन अवस्थाको समय विस्तार

इनेप्लिज २०७७ साउन १७ गते ११:४४ मा प्रकाशित

जर्जियाका गभर्नरले जन स्वास्थ्यलाई ध्यानमा राख्दै आपतकालिन अवस्थाको समय विस्तार गरेका छन । कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै बढ्दो अवस्था देखिएकोले आगामी सेप्टेम्बर १० सम्म उक्त आपतकालिन अवस्था रहने गरि कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

गभर्नर ब्रायन केम्पले दुईवटा कार्यकारी आदेशमा गत शुक्रबार हस्ताक्षर गरेका हुन् । कार्यकारी आदेशमा ६ फिटको सामाजिक दूरी,५० जना भन्दा बढी व्यक्तिको भेला गर्न नपाउने प्रतिबन्ध लगाएका छन ।

केम्पले जर्जियालीहरूलाई मुखावरण (मास्क)लगाउन, हात धुन र सामाजिक दूरी अभ्यास गर्न प्रोत्साहन गरेको उक्त वक्तब्यमा उल्लेख गरिएको छ ।

यिनै गभर्नरले जर्जियामा कुनै मुखावरण लगाउन आवश्यकता छैन अघिल्ला महिनाहरुमा भनेका थिए । गत महिनाको सुरूमा केम्पले स्थानीय मुखावरण जनादेश खारेज गरेका थिए । र एटलान्टाका शहरका प्रमुखलाई उक्त शहरमा मुखावरणको आवश्यकता भन्दै नगर प्रमुखको आदेशलाई मुद्धा हालेका थिए ।

श्रोत :सिएनएन

प्रतिक्रिया