मंगलबार, साउन २० २०७७
काठमाडौं ०७:०९
वासिङटन डिसी 21:24

जिपी फाउन्डेसन अमेरिकाले पांचौ पटक १० प्यालेट्स निःशुल्क शुद्व दुध वितरण गर्यो।

इनेप्लिज २०७७ साउन १७ गते ११:४४ मा प्रकाशित


न्युयोर्क- अमेरिका:कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले आफै वितरण गर्दै आएको निशुल्क खाद्यान्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको गिरिजाप्रसाद कोइराला (जिपी) फाउण्डेशन अमेरिकाले पाचौं पटक १० प्यालेट्स नि:शुल्क शुद्व दुध वितरण गरेको छ ।

निःशुल्क खाधान्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स र ब्रुक्लीन बोरोस्थित विभिन्न संघ सस्थाहरु मार्फत गर्ने जमर्को गर्दै शुक्रवार, जुलाई ३१,२०२०मा पाचौ पटक १० प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए।

रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। उनले यसै फाउण्डेशनलाई फेरि १० प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,९२० ग्यालन अर्थात् ७२६७ लिटर शुद्व दुध सहयोग स्वरुप प्रधान गरेका थिए भने विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १४ वटा कार, १ वटा भेन र १ वटा ट्रक लिएर वेरहाउस बाट शुद्व दुध आफैं उठाएका थिए ।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको ब्रुक्लीन र क्वीन्समा रहेका संघ संस्थाहरु क्रमश: युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पामार्फत ५०० ग्यालन दुध, ईन आवर हार्ट्स ग्रुप ब्रुक्लीनकी कार्यकारी निर्देशक केएला सर्जीयो मार्फत अमेरिकालाई १०० ग्यालन दुध, दतिब्बतियन कम्युनिटी अफ न्यूयोर्क न्यूजर्सिलाई संस्थाकी म्यानेजर तेन्जीन सेयाङ डि टि वाङचुक मार्फत २२० ग्यालन दुध, ने.काँ. युवा नेता अनिल पाण्डे मार्फत ४५० ग्यालन दुध, सोनम शेर्पा मार्फत ४० ग्यालन दुध, प्रेम क्षेत्री मार्फत ६० ग्यालन दुध, ल्याटिनो अमेरिकन का वान गोन्जालेज मार्फत १६०ग्यालन दुध, ने.का. युवा नेता भोजराज थोक्कर मार्फत ६० ग्यालन दुध, पल्जु शेर्पा मार्फत ६० ग्यालन दुध, राजेश कार्की मार्फत ६० ग्यालेन दुध, लाएन्सक्लव क्वीन्स बुद्वकी अध्यक्ष रिमाया नेपाली मार्फत सन्तोष कुमार पराजुली लाई ६० ग्यालन दुध, रविन्द्र खत्रीलाइ १२ ग्यालन दुध गिरिजा प्रसाद कोईराला फाउण्डेसन अमेरिकाले हस्तान्तरण गरेको थियो भने बाँकी दुध यसै फाउण्डेशनका केन्द्रीय सदस्य सुर्य सिमखडाले वितरण गर्नु भएको थियो।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएकाथिए भने स्वयंसेवीहरु क्रमशः ने.का. युवा नेता राजेश आचार्य, सन्जय श्रेष्ठ, प्रेमलाल बुढा मगर, लक्ष्मण पुन, रेशम राणा, नारायण भट्टराई, कुमार खडका, प्रधुम्न रायमाझी, पंकज सुब्बा लगायत खटिनु भएको थियो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्तगरेको छ ।

प्रतिक्रिया