मंगलबार, साउन २० २०७७
काठमाडौं ०७:५९
वासिङटन डिसी 22:14

इन्डियानामा बिद्यालय आएकै दिन बिद्यार्थी कोभिड-१९ बाट संक्रमित

इनेप्लिज २०७७ साउन १७ गते १:५८ मा प्रकाशित

अमेरिकाको इन्डियाना राज्यको एक बिद्यालयमा आएकै दिन एक बिद्यार्थी कोभिड-१९ बाट संक्रमित भएका छन । इन्डियानाको जिल्ला बिद्यालयले शैक्षिक बर्ष २०२०-२०२१ को लागि बिधार्थीहरुलाई स्वागत गरेको थियो ।

बिद्यालय आएको दिन नै संक्रमित भएकोले उक्त बिधार्थीका अभिभावकलाई पत्र पठाईएको छ । इन्डियानाको ह्यानकक काउन्टी स्वास्थ्य बिभागले ग्रिनफिल्ड सेन्टर जुनियर स्कुल नामक बिद्यालयमा गत बिहिबार एक बिधार्थी संक्रमित भएको सूचना जारी गरेको छ ।

बिद्यालयकि अधीक्षक ह्यारोल्ड ओलिनले संक्रमित भएको जनाएका छन् । संक्रमित हुने बित्तिकै उक्त बिधार्थीलाई अलग राखिएको र यातायात र अन्य क्रियाकलापको बारेमा समेत जाचिएको बिद्यालयले जनाएको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया