याक्थुङ ख्याली प्रतियोगितामा गैर लिम्बुको पनि सहभागिता, कुमार बिक चर्चामा

इनेप्लिज २०७७ साउन १७ गते १:२७ मा प्रकाशित

तेह्रथुम । अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ मा गैर लिम्बु पनि सहभागी बनेका छन् । लिम्बुजातिको पहिचान, भाषा कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगितामा तेह्रथुम लालीगुराँस नगरपालिका–८ सोल्मा निवासी कुमार बि.क.ले सहभागिता जनाउनुभएको हो ।

लोपउन्मुख रुपमा रहेको लिम्बु जातीको कला ख्यालीको पुर्नजागरण गर्ने अभिप्रायले सिसेक्वा तङनाम अर्थात साउने सक्रान्तीको अवशर पारेर सुरु गरिएको प्रतियोगितामा आर्या तेयुङ लिम्बुको साथमा कुमार बि.क.ले युगल ख्याली तयार गरेका छन् ।

ख्याली’ भिडियो कन्चनजंघा अनलाईको फेसबुक पेज र गाँउबेशी युट्युब च्यानलमा अप्लोड गरिएको र थोरै समयमा नै धेरैले कुमारको युगल ख्यालीलाई दर्शक तथा शुभचिन्तकहरुले माया गरेको आयोजक समितीका संयोजक टीआर सेनेहाङले बताउनुभयो । धनकुटा बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहमा अध्यनरत कुमार बि.क. लिम्बु भाषा,लिपी,कला र साहित्यलाई औधी नै माया गर्नेमा पर्दछन् ।

ख्याली प्रतियोगितामा मा ताप्लेजुङ निवासी ९ बर्षिय वालिकाले समेत सहभागिता जनाउनुभएको प्रतियोगिताका व्यावस्थापक होम पारघरीले बताउनुभयो । फुङलिङ–९ हाङदेवा निवासी ९ बर्षिय नियाराफुङ मादेनले याक्थुङ ख्यालीमा सहभागिता जनाउनु भएको हो । ५ कक्षामा अध्यनरत वालिकाको सहभागिता प्रति सामाजिक संजालमा बिभिन्न टिका टिप्पणीको साथमा बधाई दिनेहरुको ओहिरो लागेको छ ।

ख्याली प्रतियोगिताको बिजेतालाई प्रथम,द्धितिय,तृतिय र सान्त्वनालाई क्रमशः ३० हजार,२० हजार,१० हजार र ५/५ हजार प्रदान गरिने आयोजकले तयारी गरेपनि पुरस्कारको राशी वृद्धी गर्न सरोकारवालाहरुले सुझाव दिएकाले पुरस्कारको राशी बढाउने तयारी रहेको आयोजक समितीका सह–संयोजक प्रकाश पाक्साँवाले जानकारी दिनुभयो ।

ख्याली प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बिच तेह्रथुमको चोःलुङ पार्कमा चासोक तङनामको अवशरमा समापन हुने अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ का संरक्षक टेकराज तिगेलाले बताउनुभो ।

प्रतिक्रिया