मंगलबार, साउन २० २०७७
काठमाडौं ०७:४०
वासिङटन डिसी 21:55

नेपाली पत्रकारहरुको सहयोगका लागि अमेरिकामा १३ लाख ६८ हजार ५ सय ३८ रुपिंया संकलन

इनेप्लिज २०७७ साउन १६ गते १७:४५ मा प्रकाशित


डिसी । कोरोना महामारीका कारण आर्थिक संकट झेलिरहेका नेपाली पत्रकारहरुको निम्ति अल्पकालिन सहयोग गर्न नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले सुरु गरेको विश्वव्यापी आर्थिक संकलन अभियान अन्तर्गत गोफण्ड खातामा मात्रै अहिलेसम्ममा ११ हजार ४ सय ५७ अमेरिकी डलर (१३ लाख ३२ हजार ५ सय ८४ रुपिंया) संकलन भएको छ ।

कोरोना महामारीका कारण ७०० भन्दा वढी सञ्चार माध्यमहरु सञ्चालन नआएको, सञ्चालनमा रहेका सञ्चार माध्यमले पनि धेरै पत्रकारहरुलाई निस्कासन गरेको, जवरजस्ती वेतलवी विदामा वस्न वाध्य वनाएको वा लामो समयसम्म तलव नदिएको कारण करिव २ हजार पत्रकारहरुले आर्थिक संकट वेहोरिरहेको प्रारम्भिक प्रतिवेदनहरुले देखाएका छन् ।

महामारीको कारण उत्पन्न यस परिस्थितिमा पत्रकारहरुको लागि इञ्जाले १ लाख डलरको अल्पकालिन कोष निर्माण गर्न लागेको हो ।

इञ्जाको यस अभियानमा अहिलेसम्ममा वीमा विश्लेषक तथा व्यवसायी डोव ढकालले ५५१ डलर, गुणराज लुइटेल तजा सीता लुइटेलले ५०१ डलर, सुनिल दाहालले ५०१ डलर, हेम सरिता फाउण्डेशनका तर्फवाट हेम पाठक र सरिता पाठकले ५०० डलर र निको फाउण्डेशन ५०० डलर प्रदान गरेका छन् ।

समाजसेवी अरुण रुपाखेती २०१ डलर, यमुना भट्टराई २०० डलर, सगुनका सहसंस्थापक तथा रियल्टर कविन्द्र सिटौला र चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणाले जनही १५१ डलर, सीपीए संगिता गौतमले १५० डलर, मनिष उप्रेति र अभिनय राजवाहकले जनही १११ डलर, प्रोफेसर गोपी उप्रति ११० डलर, पत्रकार विष्णु शर्माले १०७ डलर, खगेन्द्र अधिकारी १०२ डलर, डिसी नेपालका उमेश शर्मा, डा. मदन उपे्रति, वरिष्ठ पत्रकार राम सी. खरेल, समाजसेवी सुनिता खत्री, प्रो. दुर्गा दाहाल, सुश्मा दाहाल, १०१ डलर, साहित्यकार अम्विका गुरुङ, वरिष्ठ पत्रकार तथा गायक रामप्रसाद खनाल, वरिष्ठ पत्रकार विश्व थापा, सार्थक दाहाल, रायन दाहाल, विनय लुइटेल, नरेश उप्रेति, पत्रकार शिव विष्ट, रियल्टर निशेष भट्टराई, कल्पना सुवेदी तथा पुरु सुवेदी, राजन अधिकारी तथा दीपा अधिकारी, रमेश भट्ट, प्रसन्न संग्रौला , पत्रकार तथा व्यवसायी राम लामा अविनासी, राज गौतम, पत्रकार तारा भट्टराई, वरिष्ठ पत्रकार योगेश उपाध्याय, वरिष्ठ पत्रकार टंक पन्त, अनेरास्ववियुका पूर्व उपाध्यक्ष थोमस वास्तोला, पत्रकार किशोर सापकोटा, पत्रकार विष्णु शीतल, इञ्जिनियर विजयराज भट्टराई, इञ्जिनियर शंकर पन्त, निकिता चापागाइ तथा सौर्य चापागाई, रेशु शर्मा तथा राहुल शर्मा, गीतकार तथा स्वास्थकर्मी कमला न्यौपानेल जनही १०० डलर प्रदान गर्नुभएको छ ।

हामी प्राप्त सहयोगलाई यसै हप्तावाट प्रभावित पत्रकारहरुलाई एउटा निश्चित मापदण्डका आधारमा प्रदान गर्नेछौ भने सहयोग संकलनलाई पनि जारी राख्ने छौं, इञ्जाका एशिया अध्यक्ष टंक पन्तले इनेप्लिजसंग भन्नुभयो ।

यसैगरी अभियानमा सहयोग गर्नेहरुमा भुपेन थापा ७५ डलर, ठाकुर पुडासैनी तथा सावित्रा पुडासैनी ६१ डलर, प्रकाश नेपाल तथा शुभ नेपालले ५६ डलर, तृषा दाहाल, देवराज न्यौपाने , समाजसेवी पर्शुराम भण्डारी, कल्पना सत्याल, पत्रकार वद्री तिमल्सिना, रुद्र ढुंगेल, तोया पौडेल तथा कमला पौडेल, डोलनाथ घिमिरे, तारा सिग्देल, राजेन्द्र अर्याल तथा सीता अर्याल, जुनु कोइराला, मोहन कोइराला, पत्रकार सुनिल हुमागाइ, द वल्र्ड नेपाल न्यूज, प्रेम पौडेल, केदार तिम्सिना, कृष्ण थापा, मोडल कला न्यौपाने, साहित्यकार पण्डित पिपलमणि सिग्देल, समाजसेवी लक्ष्मी श्रेष्ठ, पत्रकार सतिष चापागाइ, गोपाल रेग्मी, नीता दाहाल, सुमन तिम्सिना, वलराम थापा, नवराज कार्की, र कोरियोग्राफर तथा भर्जिनियास्थित केसी डान्स सेन्टरका प्रमुख नवीन केसीले जनही ५१ डलर सहयोग गर्नुभएको् छ ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का पूर्व अध्यक्ष भोला आचार्य, समाजसेवी सरोज प्रजापति, निक दाहाल, निलकण्ठ सुवेदी, साहित्यकार पदम विश्वकर्मा, साहित्यकार महेश्वर पन्त, अलेक्स वस्नेत, सरोज थापा, र पवन खनालले जनही ५० डलर, शिव लामिछाने ३८ डलर, अर्जुन दाहाल, सुरज भण्डारी, र रामकुमार विमली तथा शारदा विमलीले जनही ३१ डलर प्रदान गर्नुभएको छ भने पत्रकार ज्योति श्रेष्ठ, गायक मुरारी गुरागाइ, मुकुन्द कोइराला, अनेशासका महासचिव सर्वज्ञ वाग्ले, समाजसेवी धु्रव सिलवाल, पत्रकार सच्ची मैनाली, अर्जुन मैनाली, सुशिल अर्याल, सागर सुवेदी, शितल लुइटेल, आरती सिग्देल, म्युजिक कम्पोजर यदिन गजमेर, हेमराज गड्तौला, विष्णु गौतम, नवीन लुइटेल, दीपेन खरेल तथा दीपा खरेल, र ज्योति राइले जनही २५ डलर प्रदान गर्नुभएको छ ।

गोफण्ड खातामा उज्ज्वल ठकुरी र जीना गुरुङले जनही २१ डलर जम्मा गर्नुभएको छ ।

 

प्रतिक्रिया