मंगलबार, साउन २० २०७७
काठमाडौं ०८:३३
वासिङटन डिसी 22:48

‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ सार्वजनिक

इनेप्लिज २०७७ साउन १६ गते १४:३९ मा प्रकाशित

चितवन गुञ्जनगर घर भइ हाल अमेरिकाको भर्जिनिया बस्दै आएका सर्जक नीलकण्ठ सुबेदीको शब्दमा तीजको गीत ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ भन्ने गीत ओएसआर च्यानल मार्फत आज रिलिज भएको छ ।

हिन्दु नेपाली नारीहरूको महानचाड तीज पर्वमा कोभिड १९ को माहामारीबाट सुरक्षित रहदै आफ्नै घरमा रहेर डिजिटल माध्यमबाट मनाउन तीजको  यो गीतले  सन्देश दिएको गीतकार सर्जक नीलकण्ठ सुबेदीले जानकारी दिएका छन् ।

राम कार्कीको संगीत रहेको सो गीतमा एलिना चौहानले स्वर दिएकी छिन् भने सुरेश थापाले भिडियो निर्देशन गरेका छन् ।

यसैगरी, डिसी मेट्रो क्षेत्र अन्तर्गत सामुहिक रुपले तीजका दिन मनाइने डिसी मेट्रो परिवार भर्चुअल तीज कार्यक्रममा यो गीतलाई प्रस्तुत गरिने समेत सर्जक नीलकण्ठ सुबेदीले जानकारी दिए ।

यसपालीको हाम्रो तीज इन्टरनेटमा  गीत यो लिंकमा सुन्न सकिनेछ ।

प्रतिक्रिया