मंगलबार, साउन २० २०७७
काठमाडौं ०८:२४
वासिङटन डिसी 22:39

नागरिक अधिकारका नेताका लागि ओबामाले ट्रम्पको आलोचना यसरी गरे

इनेप्लिज २०७७ साउन १६ गते १:३५ मा प्रकाशित

जुलाई ३० बिहीबारका दिन अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामालेराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तिखो आलोचना प्रहार गरे । जसले संयुक्त राज्य अमेरिकामा मतदाता दमनमा प्रदर्शन गर्नेहरू विरुद्धको संघीय एजेन्टको प्रयोग र मतदाता दमनको विरुद्धमा निन्दा गरे।

ओबामाले नागरिक अधिकार नेता जोन लुइसको एटलान्टामा भएको भावनात्मक अन्त्येष्टि क्रियामा बोल्ने क्रममा ओबामाले भने, “आज हामीले आफ्नै आँखाले काला अमेरिकीलाई प्रहरी अधिकारीहरुले आफ्नो घुँडाले टेकेर थिचेको देखेका छौं ”

“हामी हाम्रो संघीय सरकारले शान्त प्रदर्शनकारीहरु विरुद्ध अश्रु ग्यास र डण्डाहरु प्रयोग गर्न एजेन्ट पठाएको देख्न सक्छौं,” पूर्व राष्ट्रपतिले भने।

ओबामाले ट्रम्पको नाम उल्लेख नगरी तर उनी रिपब्लिकन राष्ट्रपतिले गरेको कदमको स्पष्ट उल्लेख गरे । ओबामाले भने ह्वाइट हाउस बाहिर लाफाएते उद्यानबाट प्रदर्शनकारीहरूलाई हटाउन सेना प्रयोग गरे र ओरेगनको पोर्टल्याण्डमा प्रदर्शन गर्न संघीय एजेन्टहरू पठाए ।

रिपब्लिकनले अल्पसंख्यक मतलाई दबाउन खोजेको आरोपको साथै ट्रम्पले हुलाकबाट मतदानमा नोभेम्बरमा डेमोक्र्याटका जो बिडेनको बिरूद्ध १०० दिन भन्दा कममा मतदान बारेमा आक्रमण गरे ।

जुलाई १७ मा ८० बर्षको उमेरमा निधन भएका लुइसलाई श्रद्धांजलि दिँदै ओबामाले भने कि कंग्रेसले अफ्रिकी-अमेरिकन नागरिकहरूको नागरिक अधिकारको लागि आजीवन लडाईले उनलाई अमेरिकाको पहिलो कालो राष्ट्रपति बन्ने बाटो खुला पारेको बताए ।

ओबामाले भने, “जर्जियाका १७ कार्यकालका डेमोक्र्याटिक सभासद् लुइसले” यस प्रजातन्त्रलाई जोगाउन आफूले सके जति सबै गरे र जतिसुकै हाम्रो शरीरमा सास फेर्ने छ, हामीले उनको काम जारी राख्नुपर्नेछ “, ओबामाले भने।

“जबसम्म सडकमा युवाहरु वास्तविक परिवर्तनको आशामा सडकमा बिरोध प्रदर्शन गरि रहेका छन म आशावादी छु ,” उनले भने। लुइसको अन्त्येष्टि सेवामा पूर्व राष्ट्रपति बिल क्लिन्टन र जर्ज डब्लु बुश र तल्लो सदनको सभामुख न्यान्सी पेलोसी पनि उपस्थित भएका थिए ।

श्रोत :अलजजिरा अमेरिका/एपी/सिएनएन

प्रतिक्रिया