मंगलबार, साउन २० २०७७
काठमाडौं ०६:५९
वासिङटन डिसी 21:14

डिसीको एक आवास गृहको झ्यालबाट खसेर २ बर्षको बालकको निधन

इनेप्लिज २०७७ साउन १६ गते ०:५० मा प्रकाशित

वाशिंगटन डिसीको एक आवास गृहको झ्यालबाट खसेर २ बर्षको बालकको निधन भएको छ । वाशिंगटन डिसीको उत्तरपश्चिम स्थित अपार्टमेन्ट(आवास गृहमा )उक्त घटना भएको हो ।

जुलाई ३० का दिन दिउसो करिव १ बजे ४५४५ कनेक्टिकट एभेन्यु नर्थवेस्टबाट प्रहरीलाई खबर गरिएको थियो । उक्त आवास गृहको माथिल्लो झ्यालबाट उक्त बालक खसेका थिए ।

उक्त समयमा अभिभावक मध्ये एक त्यही रहेका थिए । प्रहरी र प्राथमिक उपचार स्वास्थ्य टोली त्यहाँ पुगे पछि तुरुन्तै स्थानीय अस्पताल लागिएको थियो । घटनाको प्रहरीले अनुसन्धान गरि रहेको छ ।

श्रोत :एनबिसी वाशिंगटन /फक्सन्युज४

प्रतिक्रिया