गगनसिंह थापाको ” महाप्रलय ” बजारमा आउदै

इनेप्लिज २०७७ साउन १५ गते २१:४९ मा प्रकाशित

 

काठमाडौं । आख्यानकार गगनसिंह थापाको छैटौं कृति ” महाप्रलय ” उपन्यास यहि भाद्रको पहिलो साता बजारमा आउदै छ । सुदुर पश्चिम कैलालीको टिकापुर घर भएका ७१ वर्षिय साहित्यकार थापाका यस अघि सोह्र सौगात,कर्णालीको छेउछाउ ,मेरो मधुशाला,पुर्खाको चिट्ठी र उज्ज्वली उपान्यासहरु प्रकाशित छन ।

महाप्रलयमा विध्वंसकारी हातहतियारद्वारा संसारको प्रलय भएको दर्दनाक परिकल्पनाको कथा र पुनर्निर्माणको प्रारम्भको प्रयासका बारेमा रोचक शैलीमा लेखिएको छ ।

सुदुर पश्चिम र कर्णाली भेगका आंचलिक लोक सस्कृती र भाषा शैली थापाका कृतिहरुका खास बिशेषता रहेका हुन्छन । पुस्तक साङ्रीला बुक्सले प्रकाशन गरि रहेको छ ।

प्रतिक्रिया