निर्मला हत्याप्रकरण आरोपित एसपी विष्टसहित आठजना प्रहरीलाई अदालतले दियो सफाई

इनेप्लिज २०७७ साउन १५ गते २१:२६ मा प्रकाशित

धनगढी,साउन १५ । नेपालभर चर्चाको शिखरमा पुगेको निर्मला हत्याकाण्डको ठिक एक बर्ष  एक हप्ता पुरा भएको छ । कंचनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका आठजना प्रहरी अधिकारीहरुलाई अदालतले बिहिवार सफाई दिएको छ।

अनुसन्धानका क्रममा निर्दोष रहेकाहरुलाइ यातना दिएको कसुर र निर्मला पन्त हत्या भएका प्रमाणहरु नष्ट गरेको कसुरमा आठै जना प्रहरीहरु विरुद्ध मुद्दा परेको थियो । यातना दिएको कुनै प्रमाण फेला नपरेको, स्वास्थ्य जाँच प्रतिवदेनमा पनि नदेखिएको र प्रमाण नस्ट गर्नु पर्ने कारण नदेखिएकोले अदालतले सफाई दिएको अदालतका श्रेष्तेदार यदुराज शर्माले बताएका छ्न।

जिल्ला अदालत कंचनपुरले आज तत्कालीन एसपी दिल्लीराज विष्ट सहित आठैजना प्रहरी अधिकारीहरुलाई सफाइ दिएको छ।

न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले खडक विष्ट वादी रहेको यातना कसुरमा तत्कालीन एसपी दिल्लीराज विष्ट, डिएसपी द्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरिक्षक एकेन्द्र खड्कालाई निर्दोश ठह¥याएको हो भने निर्मलाकी आमा दुर्गादेवी पन्त वादी रहेको सार्वजनिक न्याय विरुद्धको कसुरमा यी चारसहित प्रहरी निरिक्षक जगदीशप्रसाद भट्ट, सईद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदले सफाई पाएको जिल्ला अदालतका श्रेष्तेदार शर्माले बताए।

प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप विष्टका दाई खडक विष्टले यतना सम्बन्धी र निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला अदालतमा जाहेरी दिएपछि उनिहरु विरुद्ध मुद्दा दर्ता भएको थियो । यसअघि कंचनपुर जिल्ला अदालतले आठजना प्रहरी अधिकारिलाई धरौटीमा छोडेको थियो।

प्रतिक्रिया