बाढीमा बेपत्ता तीन मध्ये एकको सब फेला

वीरेन्द्र रावल २०७७ साउन १५ गते २१:२० मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, साउन १५÷ अविरल बर्षापछि आएको बाढीका बिच डुवानमा परेकाहरुको उद्धारका लागि डुवान क्षेत्रमा पुगेका बेला बाढीले बगाएर बेपत्ता भएका तीन जना मध्ये विहीबार एक जनाको सब फेला परेको छ।

बुधबारका दिन बाढीमा परेका चार जना मध्य सोनाफाँटाका हेमन्त शाही रुखमा समातेर ज्यान जोगाउन सफल भएका थिए भने अन्य तीन जना बगेर बेपत्ता भएका थिए । बेपत्ता मध्ये भजनी नगरपालिका वडा नंम्बर–८ जनकपुर गाउँका ९ वर्षीय इजीकेल चौधरी मृत फेला परेका हुन।जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि वेपत्ता भएका सोही ठाउँका ३३ वर्षिय चक्र बहादुर विक, काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अँझै पत्ता लाग्न सकिरहेको छैन।जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अुनपम शमशेर जवराले अन्य वेपत्ताको खोजी कार्य भइरहेको बताए ।उनले बुधबार बेपत्ता भएका टंक शाही, हेमन्त शाही, विकी शाह, बल बहादुर चौधरीको सकुशल उद्दार गर्न सफल भएको जानकारी दिएका छन्।

क्वारेन्टिनमा सर्पको टोकाईबाट युवकको मृत्यु, नगरपालिकाले ६ लाख दिने धनगढी,साउन १५ ÷ गौरीगंगा नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा  बसेको अवस्थामा सर्पले टोकेर मृत्यु भएका युवकका परिवारलाई नगरपालिकाले ६ लाख रुपैयाँ दिने भएको छ।

नगरपालिकाको वडा नम्बर –४ का २२ वर्षीय युवक भारतबाट आएर जेठ २६ गतेदेखि गौरीगंगा ४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बसेका थिए । उनलाई असार १२ गते बिषालु सर्पले डसेको थियो।उपचारको उनको बिहीबार मृत्यु भएको गौरिगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले बताइन्  उपचारका लागि सुरुमा परिवारले धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगेका थिए । तर, त्यहाँ भेन्टिलेटर सहितको बेड खाली नभएपछि नेपालगन्ज लगिएको हो ।एक महिना देखि भेरी अस्पताल, नेपालगन्जमा उपचाररत युवकको मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले विरोध जनाएका थिए।नगरपालिकाको लापरबाहीले युवकको मृत्यु भएको भन्दै आन्दोलन सुरु भएपछि ६ लाख रुपैयाँ दिने सहमति भएको हो ।उपचारमा लागेको ५ लाख बढि खर्च र १ लाख क्रिया खर्च भनेर दिने निर्णय सभएको उहाँले जानकारी दिनु भयो।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया