बाढी प्रभावितहरुको जनजीवन कष्टकर बन्दै ,

वीरेन्द्र रावल २०७७ साउन १५ गते २१:०७ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, साउन १५ ÷मंगलबारसाँझ देखि विहबिार विहान सम्म लगातार रुपले कैलाली कञ्चनपुर र पहाडी जिल्लाहरुमा लगातार रुपले भारी बर्षा हुन गयो ।

बर्षाका कारण कैलाली जिल्लाका विभिन्न क्षेत्रमा मात्रै हजारौंको संख्यमा घरहरु डुवानामा परेका छन् । घरहरु डुबानमा परेका कारण मानिसहरुको घरमा राखेको अन्न,कपडा लगायतका धनमालहरु पूर्ण रुपले नष्ट हुन पुगेको छ ।

बर्षातको पानीले धान र गुहँ राख्ने भकारी समेत डुवाई दिएका कारण भात खाने धान र रोटी खाने गहुँ देखि लिएर दाल तरकारी लगायतका भण्डारण गरिराखेका खाद्यान्नहरु पूर्ण रुपले नष्ट पारिदिउपनि किसानहरु भोकमरीमा परिने पीरमा छन् ।

दुई दिनसम्म लगातार रुपले परेको वर्षाले कैलालीमा हजारौंको संख्यमा घरहरुडुवानमा परेका काण मानिसहरु घरबार विहीन बन्न पुगेका छन् । सुत्ने कोठाहरु जलमग्न हुन पुगेपछि उनिहरु उद्धार पछि अग्लो ठाउँ र पक्की सडकको छेव छाउमा टहरा हालेर बस्न बाध्य भएका छन् भने तीं मानिसहरुलाई र्शौचालय लगायत खानेपानीको समस्या सृजना हुन थालेको कुरा लालबोझीका स्थानीय बासिन्दा राजेन्द्र खनालले बताएका छन् । बाढीको सबैभन्दा बढी प्रभाब जिल्लाको भजनी नगरपालिकामा परेको छ । त्यस क्षेत्रमा बाढीले घर डुवानमा परेपछि साढे दुई हजार परिवार विस्थापित भएका जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । वर्षा नरोकिएकाले विहबार पनि थप घरहरु डुवानमा परेका कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

बुधबार साँझ बाढीको सतह घटेपछि घर फर्केका कतिपय परिवार बाढी बढ्न थालेपछि विहिबार पुनः घर छोडेर सुरक्षित ठाउँमा गएको जोशीले बताए। बिस्थापित भएका परीवार अहिले नजिकै रहेका स्कुल र हुलाकी सडकमा त्रिपालको साहरामा बसिरहेका छन ।

मंगलबार रातिबाट सुरु भएको वर्षा बुधबार बेलुकी रोकिएको थियो ।बुधबार रातिबाट पुनः निरन्तर वर्षा भएपछि डुवान बढेको हो ।

अविरल बर्षाको कारणले भजनी नगरपालिका वडा न ६,८,२,३,५ को बिष्णापुर, नवलपुर, खैरा, गोरचौरा, कृष्णनगर, महादेवली, कटानपुर, पल्टुपुर, मोहनपुर लगायत धुसी कुसुमघाट, पगियापसार क्षेत्र वाढिको डुवाानमा । बिशेषगरी काँडा र पथरिया नदीको संगम रहेको भजनी नगरपालिकाको वडानम्बर ८ र टीकापुर नगरपालिकाको वडानम्बर ७मा सबै भन्दा बढी खेतीयोग्य जमिन डुवानमा परेको बताइएको छ । जमिन डुवानमा परेका कारण हालसालै रोपिएको धानमा समेत बालुवा भरिएको स्थानीयले बताएका छन् । यस्तै बाढकिा कारण जानकी गाउँपालिका टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र बाढीबाट बढी प्रभावित भएका छन् ।भने कैलालीका मोहन्याल र चुरे गाउँपालिकमा पनि पहिरो र नदी कटानका कारण खेती योग्य जमिन कटानमा परेको स्थानीय धर्मराज शोनीले जानकारी दिएका छन् ।

बाढीको सतह कायमै रहेकाले बुधबार विस्थापित भएका परिवार घर फर्कन नसकेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बताए।विस्थापितको उद्दारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

नेपाली सेनाको एक सय ७० जना र नेपाल प्रहरीको एक सय ५० जनाको टोली खटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।जिल्लाभरि तीन सयभन्दा बढी सशस्त्र प्रहरी उद्दारमा सक्रिय भएका शसस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक कमलप्रसाल तिमल्सिनाले बताए ।

बाढी प्रभावित क्षेत्रमा खाद्यान्न संकट देखि लिएर पिउने पानीको पनि समस्या सृजना भएकाले त्यसतर्फ बिशेष ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया