कोशी अस्पतालको वहिरङ्ग सेवा अर्को सूचना जारी नहुन्जेलसम्म बन्द

इनेप्लिज २०७७ साउन १५ गते ११:२६ मा प्रकाशित

विराटनगर,१५ साउन । कोशी अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड–१९ सङक्रमण देखिएपछि आजदेखि वहिरङ्ग(ओपिडी) सेवा बन्द गरिएको छ।

अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा सङक्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिनु भयो।

अस्पतालको ओपिडि इन्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङक्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो।

अस्पतालमा विरामीको अध्याधिक भीड हुनाले समुदायमा सङक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको हो।यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङक्रमण देखिएको थियो।

अस्पतालबाट दैनिक सात सय विरामीले स्वास्थ्य सेवाप्राप्त गरिरहेका थिए । ओपिडी सेवा बन्द भएपनि आकस्मिक सेवा र फिभर क्लिनिक सूचारु रहेको डा दासले बताउनु भयो।

अस्पतालले गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँस गरेको छ।

प्रतिक्रिया