“जीवन कथामा साथीहरु असल पात्र हुन्छन्”

अलका मल्ल, काठमाडौं २०७७ साउन १५ गते १०:१९ मा प्रकाशित

जीवन यात्राको बगैंचामा साथीहरू
बिभिन्न थरिका फूलहरु जस्ता हुन्छन् ।

बगैंचामा अनेक थरिका फूलहरु फुल्छन्
झर्छन् फेरि ऋतुहरु सङ सङै नयाँ पालुवा
अनि अरु जातीय फूलहरु फुल्न थाल्छन् ।
बगैचाका हर फूल हामीलाई सुन्दर लाग्छ ।
उत्तिनै आकर्षित पनि भै रहेका हुन्छौं ।

जसरी बगैचाका फूलहरूले हामीलाई
आनन्दित तुल्याएका हुन्छन् त्यसरिनै
जीवनमा परिवार नातेदारका साथ साथै
साथीहरुको पनि ठुलो भूमिका हुन्छ ।

बाल्यकाल देखिनै हामी अनेक किसिमका
साथीहरु संगत गर्दै आएका हुन्छौं ।
बित्दै जाने समय संगै साथीहरु पनि
परिवर्तन हुँदै गइरहेका हुन्छन् ।

तर केहि बाल्यकालका साथीहरु
निरन्तर साथ भैइरहेका हुन्छन्
जस्लाई हामी मिल्ने साथी भन्छौं ।
कोहि केही दिनमै मिल्ने साथी बन्छन् ।

स्कुलले जीवन होस् वा कलेज
अनि विभिन्न ठाउँ,बस्ती अनुसार
बिभिन्न्न किसिमका साथीहरू हुन्छन्
त्यस्तै छर– छिमेकी पनि साथीनै हुन् ।

कोहि साथी यस्ता पनि हुन्छन्
जो उमेरको ख्याल राखिंदैन ।
कतिपय राम्रा पक्षहरू हामी
साथीहरुबाट अनुकरण गर्न सक्छौं ।

बुबा आमा भन्नु हुन्थ्यो संगत साथीको
असल हुनुपर्छ आचरण सभ्य हुनुपर्छ ।
पछिका पुस्तालाई सिकाउने पनि यहि हो ।
ब्यवहारिक, नम्र र सिष्ट भाषा बोल्नु ।

थाहा छ सर्व गुण हुंदैन सब मानवमा
राम्रा पक्षहरू मात्र सिको गर्ने हो ।
सबै कुनै न कुनै गुणले भरिएका हुन्छन्
जसलाई हामीनै केलाई रहेका हुन्छौं ।

मानिस सबैले दुःख व्यक्त गर्न सक्दैनन्
देख्दा एक किसिमको, ब्यवहारमा अर्को र
वास्तविक जीवन शैली फरक बितिरहेका हुन्छन्
यिनै उताव चढावमा साथीहरुले साथ दिन्छन् ।

कहिले काहीँ साथीका केही बोली पनि
जिविकोपार्जनमा साथ बन्दछन् ।
भावनात्मक सम्बन्ध सङ्ग जोडिनु
साथीहरु संगको सुमधुर संगम हो ।

स्कुले जीवनका केही मिल्ने साथी
उनीहरूनै मेरा सर्वश्रेष्ठ लाग्दथ्यो ।
जब ममा परिपक्वता छाउँदै गयो
यो सोच फरक लाग्न थाल्दै गयो ।
संपूर्ण साथीहरु महत्वनै हुंदा रहेछन् ।

बढ्दो उमेर संग संगै नभई नहुने
साथीहरुको सम्बन्धनै रहेछ ।
साथीहरुको एक कल फोन पनि
उत्तिनै महत्त्व भइरहेका हुन्छन् ।

सामाजिक संजाल साथीहरू
मिलनको उत्कृष्ट माध्यम हुने
भेट्न नपाइरहेका साथीहरु
सजिलै भेट् गर्न पाइरहने।

साथीहरूको कुराकानी र सुझावले
कतिपयः डिप्रेसनबाट मुक्त भएका छन् ।
धन्यवादका पात्रमा साथीहरू पनि पर्दछन्
अतः सुनौलो जीवनमा सुमार्गको औषधी हो ।

सुखी जीवन यापनमा हस्तेमा हैंसे गर्ने
बलियो डोरीको अर्को रूप साथीहरु
जसले एउटा रंगहीन वातावरणलाई
रंगिनमा परिणत गर्न मद्दत गरि रहन्छ्न् ।

त्यसैले हाम्रो जीवनका कथाहरूमा
साथीहरू सफल पात्र बनिरहेका हुन्छन् ।
सो कुरालाई हामीले मनन् गर्न जरुरी छ ।

तसर्थ साथीहरू भनेका एउटा
सुन्दर बगैचाका फूलहरु हुन्
जसलाई कसैले नचुडाइ दिउन्
संधै थरीथरीका सुवास दिन सकून्।

अलका मल्ल, काठमाडौं

प्रतिक्रिया