मंगलबार, साउन २० २०७७
काठमाडौं ०८:०७
वासिङटन डिसी 22:22

मेरिल्याण्डका पूर्व राज्य विधानसभा सदस्यलाई घुस मामलामा दुई बर्ष कैद

इनेप्लिज २०७७ साउन १४ गते २३:२३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यका पूर्व राज्य विधानसभा सदस्य(सभासद)लाई घुस मामलामा संलग्न भएको कारण उनलाई दुई बर्ष कैदको फैसला सहित सजाय सुनाइएको छ । उनले मेरिल्याण्डमा चिकित्सा गाँजा उद्योग स्थापना गर्न प्रतिष्ठानलाई फाइदा पुर्‍याउनका लागि मत सहित विधि निर्माण पक्षमा घूस लिँदा बुधवार जुलाई २९ का दिन दुई वर्षको कारागारको सजाय सुनाइएको हो ।

डेमोक्र्याट कि चेरिल ग्लेन बाल्टिमोरका स्टेट डेलिगेट( राज्य बिधान सभा सदस्य)हुन् जसले बाल्टीमोरका भागलाई राज्य प्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्छिन । उनले अमेरिकी जिल्ला न्यायाधीश क्याथरिन ब्लेकलाई आफूलाई “गहिरो पछुतो ” भएको र आशा गर्दछु कि अन्य सार्वजनिक अधिकारीहरूले उनको गल्तीबाट पाठ सिक्न सक्छन् भनि न्यायाधीशलाई बताइन ।

“म वास्तवमै कानूनको शासनमा विश्वास गर्दछु,” उनले भनिन्।

न्यायाधीशले ६९ वर्षीया ग्लेनले उनको बिजक भुक्तान गर्न कार्यलय बेचेको र उनले भ्रष्टाचारलाई ढाक्न प्रयास गरिन भनिन । आगामी सेप्टेम्बर २१ सम्म उनि कारागार जानु पर्ने छ भने उनले १८ हजार ७ सय ५० डलर क्षतिपूर्ति तिर्नु पर्ने आदेश दिएकी छिन ।

संघीय वादीहरुले ३ बर्षको सजायको लागि सिफारिस गरेका थिए । उनले सन् २०१८ र २०१९ बीच ११ महिना भित्र ३३ हजार ७ सय ५० लिएको कबुलेकी थिइन् ।

श्रोत :एपी/डब्लुटिओपी ,तस्बिर : बाल्टिमोर सन

प्रतिक्रिया