मंगलबार, साउन २० २०७७
काठमाडौं ०७:०६
वासिङटन डिसी 21:21

मेरिल्याण्डमा घातक छुरा प्रहारबाट ६३ बर्षिय मानिसको मृत्यु

इनेप्लिज २०७७ साउन १४ गते २२:२२ मा प्रकाशित

 

मेरिल्याण्डमा घातक छुरा प्रहारबाट एक मानिसको मृत्यु भएको छ । यसै सिलसिलामा प्रहरीले छुरा प्रहार गर्ने युवालाई गिरफ्तार गरेको छ । २६ बर्षिय जस्टिन एन्ड्रु विल्सन नामक युवालाई प्रथम श्रेणीको हत्याको अभियोग लगाइएको छ ।

मेरिल्याण्ड राज्यको जर्मनटाउनका उक्त व्यक्तिलाई ६३ बर्षिय ईडीजियो लेन्जीलाई घातक चक्कु प्रहार गरेको मोन्टगोमेरी काउन्टी प्रहरीले बुधबार जानकारी दिएका छन ।

प्रहरीका अनुसार गत जुलाई २३ का दिन १२ बजे सुरु हुनु अगाडी डुहार्ट कोर्ट स्थित घरमा कसैले छुरा प्रहार गरेको प्रहरीलाई खबर गरेका थिए । लेन्जीलाई आक्रमण गरे पछि उनलाई अस्पताल लागिएको थियो । अस्पताल मै उनको मृत्यु भएको प्रहरीले बताएका छन् ।

बाल्टिमोरका चिकित्सा जांच कार्यालयका अधिकारीले यो मनुष्य हत्या भएको निर्णय गरेका छन् । प्रहरीले लेन्जीका परिवारआ सदस्यहरुसंग सोधपुछ गर्दा एक महिलाले आफू सुति रहेको अवस्थमा लेन्जीले ठूलो आवाजमा कराई रहेको सुनेको बताइन ।

जव उनि त्यहा गईन आफूले नचिनेको मानिस संग लेन्जी लडाई गरि रहेको देखेको र उक्त व्यक्ति संग चक्कु भएको प्रहरीलाई जानकारी दिएकी छिन ।
परिवारले प्रहरीलाई आक्रमणकारीको हुलिया बताएका थिए । छिमेकीको घरमा जडान भएको श्रब्यदृश्य(भिडियो)बाट संदिग्ध व्यक्तिलाई चिनिएको र उनको नाम विल्सन भएको जानकारी दिएका थिए ।

परिवारका सदस्यहरुका अनुसार विल्सन ३ या ४ हप्ता अगाडी घरमा आएका थिए । जव उनि त्यहाबाट गएका थिए त्यसबेला केही चाँदीका केही सिक्का हराएका थिए ।

गत बुधबार जुलाई २८ का दिन विल्सनलाई भर्जिनियामा पक्राउ गरिएको थियो । हाल उनलाई भर्जिनियाबाट मोन्टगोमेरी काउन्टीमा सुपुर्दगी गर्न स्टाफोर्ड काउन्टीमा राखिएको छ ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया