नोबेल अस्पतालमा टाउको र गर्दन सम्वन्धी क्यान्सरको शिल्यक्रिया शुरु

मनोज दाहाल २०७७ साउन १४ गते २१:१३ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर, १४ साउन । नोबेल मेडिकल शिक्षण अस्पताल विराटनगरले टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया आजदेखि सुरु गरेको छ।

अस्पतालले भारतको एम्स दिल्लीबाट टाउको तथा गर्दन क्यान्सरमा एमसीएच गर्नु भएका बरिष्ठ शल्यचिकित्सक डा ऋषिकेष ठाकुरबाट उक्त सेवा शुरु गरेको हो ।

अस्पतालले बिशेषज्ञ शल्य चिकित्सकको व्यवस्था सहित ‘हेड एण्ड नेक’ सम्बन्धि सम्पूर्ण क्यान्सरको शल्यक्रियाको सेवा कार्य शुरु गरेको छ।

डा.ठाकुर टाउको तथा गर्दन सम्बन्धि क्यान्सरमा एमसीएच गर्ने नेपालकै पहिलो शल्य चिकित्सक हुनुहुन्छ भने गुणस्तरीय उपचार अस्पतालमा हुने छ।

मुख, थाईराईड, स्वाशनली, नाकको साईनस, टाउको, र्याल ग्रन्थी, कान लगायत टाउको तथा गर्दन सम्बन्धि सबै क्यान्सरको शल्यक्रिया थालिएको डा.ठाकुरले जानकारी दिनु भयो।

‘नोबेलमा टाउको तथा गर्दन सम्बन्धि सबै किसिमका क्यान्सरको शल्यक्रिया थालेका छौ ।’ डा.ठाकुरले भन्नु भयो–‘म टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको उपचारका लागि मुलुककै उत्कृष्ट सेवा दिने हिसावले क्रियाशिल भै लागेका छु ।’

अस्पतालले सेवामा स्तरीयता बढाउनका लागि बिशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरण थप्ने क्रमलाई तिब्रता दिएको छ ।अस्पतालले केही महिना अघिबाट स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि शल्यक्रिया सञ्चालन गरिसकेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया