वायु प्रदुषण मापन मेशिन जडान

इनेप्लिज २०७७ साउन १४ गते २१:०८ मा प्रकाशित

विराटनगर, १४ साउन(रासस) : प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थापना गरिएको छ।

खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको छ।

विराटनगरको डिभिजन वन कार्यालय मोरङमा स्थापना गरिएको सो डिस्प्लेको मापन मेशिन महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस विराटनगरमा स्थापना गरिएको छ।

वन तथा वातावरण मन्त्रालयबाट स्थापना गरिएको सो डिस्प्ले दमक र धनकुट्टामा पनि स्थापना भइसकेको र यसको मापन मेशिन धनकुट्ट, दमक, झुम्का र विराटनगरमा स्थापना गरेको वन विभागका सूचना अधिकारी शङ्करप्रसाद पोखरेलले जानकारी दिनुभयो।

उहाँले देशमा २८ स्थानमा डिस्प्ले र २९ स्थानमा मापन यन्त्र जडान भएकोले यस क्षेत्रमा वायुमा हुने प्रदुषणका बारेमा मानिसले सजिलै थाहा पाउने विश्वास व्यक्त गर्नुभयो।

वायु गुणस्तर शून्य देखि ५० (कणको मात्रा)भएको सङ्केत दिएजस्तै डिस्प्ले छ किसिमको सूचना प्रवाह गरिरहेको हुन्छ । अहिले बर्षातको समय भएकोले वायुमा खासै प्रदुषण् नदेखिएपनि हिउँदको मौसममा अलिक बढी देखिने सम्भावना हुन्छ।

यस्तै, अहिले कोरोनाका कारण धेरै सवारी साधनहरु नचल्नु, धुवाँ प्रदुषण पनि नहुनुले डिस्प्लेमा देखिने अवस्था सामान्य अवस्थामा रह्न नसक्ने डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताउनुभयो।

प्रतिक्रिया