अत्यधिक मूल्यको लागू औषध पक्राउ

इनेप्लिज २०७७ साउन १४ गते २०:५८ मा प्रकाशित

विराटनगर, १४ साउन । मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं.८ निवासी वर्ष ४२ को रामप्रसाद पोखरेललाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ ।

आइस नामकलागू औषधको आरोपमा निजलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो।

करिव ५३० ग्राम रहेको सो औषध नेपाली बजारमा यसको मूल्य करोड भन्दा बढी हो उहाँले बताउनुभयो।

पक्राउ परेका पोखरेलले यो लागू औषध भारतबाट मगाएको अनुसन्धानबाट खुलेको भन्नुभयो।विशेष सुराकीको आधारमा हिजो उहाँलाई घरबाटै पक्राउ गरेको बताइएको छ।

विदेशमा एक ग्रामको रु. नौ हजार ६०० मूल्य पर्ने यो लागू औषधको नेपाली बजारमा रु. एक करोड भन्दा बढी रहेको उपरीक्षक खड्काको भनाई छ ।

प्रतिक्रिया