बजारमूल्य भन्दा कममा अनलाईनबाट खाद्यान्न सामाग्री उपलव्ध

मनोज दाहाल २०७७ साउन १४ गते २०:५१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१४साउन ।कोभिड–१९को सङ्क्रमणबाट उपभोक्तालाई जोगाउन घरआँगनमै अनलाईनबाट खाद्यान्न सामाग्री उपलव्ध गराउन आजदेखि यहाँ सेवा शुरु गरिएको छ।

बजार मूल्यभन्दा कममा पाँच सय विभिन्न प्रकारका खाद्यान्न सामाग्री उपलव्ध गराउने उद्देश्यका साथ ‘ग्रेटडिल्स ९९’ तपाई हाम्रो दोकानले बेवसाइट मार्फत सामाग्री माँग गर्ने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

सस्थाका प्रवन्ध निर्देशक प्रसान्त ठाकुरले उपभोक्ताहरुलाई सहुलियत मूल्यमा सामाग्री उपलव्ध गराउन उद्योगसँग खरीद गर्ने गरेको र रु एक हजार भन्दा माथिको खरीदमा निःशुल्क घरमा उपलव्ध गराउने व्यवस्था गरिएको जानकारी दिनु भयो।

संस्थाले प्रत्येक रु एक हजारको खरीदमा सामाजिक कार्यका लागि रु एक वृद्धवृद्धा,बालवालिका लागि सहयोगार्थ उपलव्ध गराउने उहाँले भन्नु भयो संस्थाले हाल मोवाइल मार्फत पनि सामाग माँग गर्न सकिने तथा आगामी दिन एप्स् मार्फत कार्य गर्ने निर्देशक ठाकुरले बताउनु भयो।

हाललाई उपभोक्ताले सामान उपलव्ध भएपछि नगद,इ वैंङ्क र इसेवाबाट भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ।

नूनदेखि सुनसम्म तथा प्रदेश नं १ का सवै जिल्लामा आफ्नो सेवा आगामी केही हप्ताभित्र उपलव्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया