एकल महिलाको कथा अधवैंसे आइमाई

इनेप्लिज २०७७ साउन १४ गते १८:५८ मा प्रकाशित

कठमाडौ । बिमला हुामगाइद्धारा लिखित अधबैशे आइमाइ नामक उपन्यास बुधबार एक सामारोहकाबीच लोकार्पण भएको छ।

मदर बिष्णुमाया इण्टरनेशनल एकेडेमीद्धारा प्रकाशित एवं बरिष्ठ पत्रकार एब घोष्टराइटिङ्क नेपालका सम्पादक टंक पन्तद्धारा सपादित अधबैशे आइमाइ उपन्यासमा समाजमा हुने गरेका बिभेद र महिला प्रति हुर्ने दुष्टिकोण झल्किएको छ।

घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकालको अध्यक्षतामा लृखनकृञ्जमा भएको कार्यक्रममा सामाजिक आर्थिक , सास्कृतिक , राजनीतिक , धार्मिक रुपमा समाजमा हुने बिभेद र प्रबत्तिका बारेमा अधबैशे आइमाइ उपन्यासमा यथार्थपरक ढंगले उल्लेख गरिएको छ।

बिबाहपुर्ब महिला र पुरुषबीच हुने सबन्धमा महिलालाई हेर्ने सोचाई र पुरुषलाई हेर्ने दृष्टिकोणमा निकै फरक रहेको र पुरुषलाई सामान्य र महिलालाई असामान्य रुपमा हुर्ने गरिएको छ भने बिबाह गरेको दुइतीन बर्ष सम्म बच्चा नभएमा महिलालाई दोष दिने प्रचलन रहेको कुरा पनि उपन्यासले चित्रण गरेको छ।

उपन्यासका प्रमुख पात्र कल्पना र प्रकाश रहेका छन । प्रकाश एमबीबीस चिकित्सक हुन तर कल्पना र प्रकाशबाट तीन बर्ष सम्म बच्चा नभएको कारण कल्पनालाई द्धरमा निकै तनाब हुन थाल्यो तर प्रकाशले कल्पनाको पक्षमा बोल्न सकेनन र अन्तिममा डिभोर्स नै गर्ने स्थिति भयो । बास्तबमा बच्चा नभएको कल्पनाको कारणले नभइ प्रकाशको कारणले भएको डिभोर्स गर्ने दिन स्वय प्रकाशले भनेका छन।

उपन्यास आफैमा नेपाली समाजमा हुने यथार्थ घटनामा आधारित छ । लेखक बिमला हुमागाइले उपन्यासको अन्तिममा भनेकी छन ,यो उपन्यास लेख्ने क्रममा म आफु पात्रहरुसंगै उनीहरुसंगै जीबनकथामा डुबेकी थिए । तसर्थ यो उपन्यास मैले आफनै अनुभब बताए जस्तो पनि पाठकहरुलाई लाग्न सक्ला त्यो पनि असत्य होइन । महिला पात्रलाई प्रमुख पात्रका रुपमा राखिएका कारण र म आफै पनि एक महिला भएको कारण पुस्तक मेरै कथा हो भन्दा फरक पर्देैन ।
लेखक हुमागाइले उपन्यास आफनै यथार्थ घटनामा आधारित भएर केही बर्ष लगाएर लेखेको जानकारी गराउदै आफुलाई हुर्काउने अंकल आण्टि हुनुभयो भने आज जीबनलाई अगाडि बढाउने प्रेरणा मदर बिष्णुमाया भण्डारी हुनुहुन्छ भन्नुभयो।

सम्पादक टंक पन्तले पुस्तकमा महत्पवुर्ण अंश र उपन्यासका बारेमा प्रकाश पार्दै मानिस शिक्षित हुनुपर्छ र तर चेतना भएन भने शिक्षाले मात्र हुदैन भन्ने कुरा उल्लेख गर्नुभएको छ । उहाले राजनीतिक , आर्थिक , सामाजिक , सास्कृतिक दुष्टिले समाजमा महिला र पुरुषबीच ब्यबहारमा निकै भिन्नता रहेको उल्लेख गर्देै अधबैशे आइमाइ उपन्यास मार्फत बिमला हुमागाईले समाजलाई नयां मोडेलमा लैजानुपर्ने खालको सन्देश पनि दिन खोजेको बताउनुभएको छ।

उहाले हरेक बिषय राजनीतिसंग जोडिएको हुन्छ र उपन्यासले पनि राजनीतिको बक्समा बिषय बस्तुलाई राम्ररी उजागर गर्न खाजेको जानकारी गराउनुभएको छ । घोष्टराइटिङ्घ नेपालका अध्यक्ष कमल ढकालले आफुलाई सुर्य , चन्द्रमा र मान्छे मन पर्ने गरेको बताउदै १२ बजेको घाममा बस्दा कति रमाइलो हुन्छ भने राति चन्द्रमा हुदा शितल र उज्यालो हुन्छ त्यस्तै मान्छे आफैमा सिर्जना त्यहि सिर्जना गरेकी छिन बिमला हुमागाइले यसर्थ मलाई अति नै खुशी लागेको छ भन्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि चक्रबर्तीहबी एजुकेशन एकेडेमीका अध्यक्ष देबेन्द्रबहादुर भण्डारीले महिलाहरु पुरुषबाट मात्र पीडित छैनन पुरुष पनि महिलाबाट पीडित हुने गरेको कुरालाई उजार गरी समाजलाई नयां उचाइमा पुर्याउनुपर्ने आबश्यकता रहेको बताउनुभएको छ । सो अबसरमा पत्रकार शुभेच्छा बिन्दु , पत्रकार दीपु पोख्रेलले पनि उपन्यासका बारेका प्रकाश पार्देै आफुले भोगेका जीबन्तपक्षका बारेमा पनि जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया