व्यबसायीको हितमा सुमार्गीको उमेदवारी

इनेप्लिज २०७७ साउन १४ गते १०:३० मा प्रकाशित

हेटौंडा÷मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र तत्कालीन मध्यमाञ्चल उद्योग वाणिज्य महासंघ अध्यक्ष रहेर नेउवा महासंघको कार्यकारिणी समितिका मनोनित सदस्य रहेका अरुणराज सुमार्गी महासंघको आसन्न महाधिवेशनमा मकवानपुर उदोग वाणिज्य संघका तर्फबाट जिल्ला÷नगर उद्योग वाणिज्य संघको खुलातर्फ कार्यकारिणी समिति सदस्यमा उमेदवार रहने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

केन्द्रीय सदस्य सुमार्गी उद्योगी÷व्यबसायीका निम्ति क्रियाशील र उद्योगी÷व्यबसायीको पक्षमा निरन्तर कलम चलाउनुका साथै विभिन्न सञ्चारमाध्यमबाट पनि आफ्ना विचार प्रस्तुत गरिरहने र उद्योगी÷व्यबसायीको पक्षमा चिन्तित गरिरहने व्यक्ति भएकोले उनलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ ।

उनको उमेदवारी स्वभाविक रहेको अनुरोध गर्दै संघले विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलापमा पनि सक्रिय रहेका उनले सकेसम्म आफ्नो दैनिकी उद्योग÷व्यबसाय सञ्चालन तथा व्यबस्थापनमा गुजारी समग्रमा समाजको हितार्थ अग्रसर देखिनु उद्योग वाणिज्य संघका लागि प्रेरणादायी विषय रहेको जनाएको छ ।

उनको सचेत, लगनशील र हार्दिक स्वभावका कारण महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित हु“दा सबै जिल्ला÷नगर उद्योग वाणिज्य संघको भावनाको उचित प्रतिनिधित्व हुने विश्वास रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।

तसर्थ सुमार्गीप्रति सद्भाव, सहयोग तथा समर्थनका लागि संघले अनुरोधसहित विभिन्न जिल्ला÷नगर उवा संघहरुलाई पत्र पठाएको छ ।

प्रतिक्रिया