धर्मिक पर्यटकीय क्षेत्र बडिमालिका जान सहज बन्दै

वीरेन्द्र रावल २०७७ साउन १३ गते २२:२३ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी ,साउन १३ ÷सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको बाजुरामा अवस्थित बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुलाई यस वर्ष मन्दिरसम्म पुग्न सहज हुने भएको छ।

बडीमालिका नगरपालिकाको सहकार्य र बडीमालिका ८ का युवाहरुको सक्रियतामा सदरमुकाम मार्तडीबाट बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुका लागि विभिन्न ठाउँमा साँकेतिक सूचकहरुका वोर्ड र खोलामा काठेपुल निर्माण गरिएपछि मन्दिरसम्म दर्शन गर्न जाने भक्तजनहरुका लागि सहज हुने भएको हो

यस वर्ष साउनको १८ गते बडीमालिका मन्दिरमा लाग्ने मेलाको लागि भक्तजनहरुले सदरमुकाम मार्तडीबाट यात्रा गर्दा बाटोमा नअलमलियुन र बाटो नबिराउन भन्ने उदेश्यका साथ अफ्ठ्यारो रहेको बाटोलाई पुन निर्माण र गन्तव्य स्थल सम्म जानका लागि साँकेतिक सूचकहरु तयार गरिएको बडीमालिका ८ का युवा हरिष थापाले बताएका छन् । उनले भने बडिमालिका मन्दिरमा जान चाहाने दर्शनयात्रीलाई यस वर्ष पहिलेको भन्दा अलि सहज हुनेछ।अव बाटोमा अस्थायी चर्पीको पनि व्यवस्था गरिने छ ।जति हेरे पनि नअगाइने ,हेरिरहौं लाग्ने यहाँको प्राकृतिक सुन्दरताले जोसुकैको मन आकर्षित गर्छ। त्यसकारण यो पटक बडि मालिकाको दर्शन यबम घुम्ने अबसर हामी कोहिले नगुमाऔ।

हामी सबैले सके सम्म बडीमालिका माताको दर्शन गर्न नविसौं ।दर्शनयात्रीले आफ्नो लागि बाटोमा आबश्यक पर्ने पानी, खाजा बाक्लो लुगा ओढ्ने पलास्टिक साथै टेन्ट बोक्न आवश्यक पर्र्छ।

यो क्षेत्रमा रहेका हरियाली फाँटहरु ,उच्च पहाडहरु ,सेताम्य हिमाल अनि रंगीबिरङी फुलहरु प्राकृति रुपमा सुन्दर यबम सुरम्य छन।तिर्थालुहरु जो बिस्तारै हिड्नु हुन्छ वहाँहरुको बसाइँ नजिकको वारि पाटनमा या सोता पाटनमा हुने गर्छ भने धेरै हिड्नेहरुको अन्तिम स्थान घोडा पाटन या भितो चिर्ना हुने गर्छ।

बिहानै चिया नास्ता खाएर फेरि त्रिबेनि पाटनकोलागि प्रस्थान गर्छन् १६ गते दिउसो र साँझको बाँस बिनी हुँदै १७ गते बिहानै बडिमालिकाको दर्शनको लागि जाने गर्छन् र १८ गते बिहान बडीमालिका मन्दिरमा पुजा लाग्ने गर्छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया