सर्वोच्च अदालतको निर्णयहरुको प्रभाव

अधिवक्ता राजेश काफ्ले २०७७ साउन १३ गते २२:०९ मा प्रकाशित

सर्वोच्च अदालतका न्यायधीशहरूले मुद्दाको सुनुवाई र फैसला गर्दछन जुन कानून सरह लागु हुन्छन र देशका सवै तह तप्काका नागरिकले त्यसको पालना गर्नु पर्दछ । तसर्थ यस्तो फैसलाहरु मुद्दाको वास्तविक तथ्य, ठोस सवुद, प्रमाण प्रचलित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर, न्याय र कानूनको मान्य सिद्धान्त तथा कानूनमा आधारित हुन पर्दछ । अदालतले गरेका फैसलाहरुबाट नागरिकहरु, संगठित समूहहरु, सरकारी अधिकारीहरू सहित विभिन्न प्रमुख सरकारी संस्थाहरू,स्कूलहरू, पुलिस एजेन्सीहरू, मिडिया, र यस्तै अन्य आवश्यक सवै संस्थाहरूमा प्रभाव पर्दछ ।

सर्वोच्च अदालतका निर्णयहरू, फैसलाहरु मुद्दाको वास्तविक तथ्य, ठोस सवुद प्रमाण तथा कानूनमा आधारित छैनन भने समाजमा नकारात्मक सार्वजनिक प्रतिकृया आउने गर्दछन तर यस्तो प्रतिकृयाको भाषा सभ्य र मर्यादित हुन पर्दछ । अदालतले मुद्दाको वास्तविक तथ्य, ठोस सवुद प्रमाण तथा कानून भन्दा वाहिर गएर गरेको निर्णयलाई कानूनी बाटोबाट बदल्नै पर्छ। यदि यस्तो गरिएन भने अदालत प्रति जनताको अस्था, सम्मान र वैधानिकता घट्तछ ।

सर्वोच्च अदालत एक संवैधानिक केन्द्रीय स्रोतशक्ति हो जसले राष्ट्रलाई एकसाथ बाँध्छ।विविध जातीय,सांस्कृतिक र धार्मिक यस्तो गहिरो आन्तरिक विविधता भएको समाजमा एकतामा भिन्नता छ । वास्तवमा एक मिल्दो समाजको पालनपोषण गर्न नागरिकको अभिभावक सर्वोच्च अदालत हो। यस्तो महत्त्वपूर्ण संस्थाको उच्च सार्वजनिक सम्मान भएमा मात्र देश राष्ट्र कानूनमा निर्भर रहन सक्छ । आफ्नो निर्णयले समाजमाकस्तो प्रकारको प्रभाव गर्छ, सर्वोच्च
अदालतले यस प्रश्नलाई केन्द्रबिन्दुमा राखेर मुद्दाको वास्तविक तथ्य, ठोस सवुद, प्रमाण प्रचलित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर, न्याय रकानूनका सर्वमान्य सिद्धान्त तथा देशको संविधान र कानूनमा आधारित भएर निर्णय गर्नु पर्दछ ।

सर्वोच्च अदालतले लिने निर्णयको दीर्घकालीन, सामाजिक र राजनैतिक महत्व हुन्छ । सर्वोच्च अदालतका निर्णयहरूको प्रभावमा ध्यान केन्द्रित हुनु पर्दछ । निर्णयले कानूनी नीतिको विकास र समाजको विकाश गर्दछ । सामाजिक इकाई सामान्यतया सर्वप्रथम र सबै भन्दा प्रत्यक्ष रूपमा सर्वोच्चबाट भएको निर्णयहरुबाट प्रभावित हुन्छ ।

अदालतको निर्णयहरु विश्वासयोग्य, कार्यान्वयन योग्य हुन पर्दछ । सर्वोच्च अदालतको निर्णयहरु ठूलो रूपमा समाजमा बेवास्ता गरिने खालको हुुनु हुदैन । सर्वोच्च अदालत कत्ति शक्तिशाली छ भन्ने कुराको बाबजुद पनि यो स्वीकार्नुपर्दछ की यो संस्था एउटा महत्त्वपूर्ण बाधाबाट बच्न सक्दैन, अदालतले आफ्नो निर्णयलाई प्रभाव पार्न समाजमा भर पर्नु पर्छ ।

सर्वोच्च अदालतको निर्णय, आदेशले के हुन्छ,के समावेश गर्दछ ,सर्वोच्च अदालतले बोले पछि र विशेष गरी अदालतको निर्णय र आदेशहरू सुनिश्ति गर्न कार्यान्वयनको प्रक्रिया महत्वपुर्ण छ । किनकि कार्यान्वयन जटिल सरकारी प्रक्रिया हो, स्रोतहरूको अभाव वा राजनीतिक इच्छाशक्तिको अभाव भएमा कार्यन्वयन का लागि पूर्ण रूपमा कठिन हुन्छ । यथार्थ कुरा के हो भने अदालतको निर्णय आदेश कार्यन्वयन गर्ने ठाउंमा यस्ता व्यक्ति वा समूहहरू हुन्छन् कि फैसला कार्यन्वयन नभएमा उनीहरू आफुलाई सफल भएको देख्दछन्।

तसर्थ,कार्यान्वयन र प्रभाव, सर्वोच्चको फैसलाको एक महत्वपूर्ण पक्ष हो अदालतको सफलताको लागी कार्यान्वयन आवश्यक पूर्व शर्त हो। कार्यान्वयन बिना, यो असम्भव छ । दुबै अवधारणाहरु निकट सम्बन्धित छन। विशेष रूपमा, अदालतका निर्णयहरूलाई कार्यान्वयनको आवश्यक हुन्छ, जसले अनिवार्य रूपमा अग्रसर गर्दछ ।

सर्वोच्च अदालतले धेरै मुद्दाहरूमा प्रत्येक अवधिमा निर्णय गर्छ र यस्तो निर्णयले देश, राष्ट्र र समाज सवैमा प्रभाव पार्ने भएकोले अब हामीहरुले आशा गरौ स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवम् विधिको शासनको सुनिश्चितता तथा न्यायपालिका प्रतिको जन आस्था अभिवृद्धिमा अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवम् पूर्णरूपमा प्रतिवद्ध रहोस ।

प्रतिक्रिया