कोरोनाको उपचारमा प्रदेश सरकार सफल भएको छ

मोहम्मद सदरुल २०७७ साउन १३ गते २२:०८ मा प्रकाशित


मोहम्मद सदरुल,

विराटनगर, १३ साउन(रासस):कोभिड–१९ को खोज, परीक्षण र उपचारसँगै लगेको कारण प्रदेश नं.१ ले यसमा सफलता पाएको छ।

सबै भन्दा पहिले प्रदेश नं.१ को उदयपुरको बेलका भन्ने स्थानमा ठुलो संख्यामा कोरोना सङक्रमित मानिस भेट्टिएपछि प्रदेश सरकारले यसमा गम्भीर भएर लागेको र यसबाट कोही पनि ज्यान गुमाउन नपरेको सामाजिक विकास मन्त्रालयको दावी छ।

ठूलो सङ्ख्यामा उदयपुरको भुल्केका देखिएका कोरोना सङ्कमित भारतीय नागरिक थिए । उहाँले नेपाल तथा भारतमा कोरोनो महामारी फैलिनु भन्दा अगाडि नै २०७६ साल मङ्सिर २६ गते भारतको दिल्ली मर्कज(धार्मिक केन्द्र)बाट विराटनगर हुँदै उदयपुरको बेल्का पुगेका थिए।

धार्मिक कार्य गर्न भारतबाट १३ जनाको जमात(समूह) बनाएर आएका ती जमाती(समूह सदस्य)हरुलाई कोरोनाको सङ्क्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षाका साथ कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो।

उहाँहरुलाई वैशाख ५ र ६ गते उदयपुर जिल्लाको भुल्केबाट ल्याईएका १३ जना नै कोरोना सङ्क्रमित हुनु भएको थियो।

कोरोना उपचार पछि निको भएका पूर्व सङ्क्रमितहरु अस्पतालबाट डिस्चार्ज हुँदा उहाँहरुको अनुहारमा निकै खुशी झल्किन्थ्यो । त्यस समयमा प्रदेश सरकारले कोरोना उपचारका लागि १२ दिनमै कोभिड–१९ उपचार केन्द्र विराटनगरमा बनाएको थियो ।त्यस समयमा सो उपचार केन्द्रमा ३१ जना उपचारमा थिए।

उपचार केन्द्रबाट निको भएर घर फर्कने मानिसहरुको अनुहारलाई नियाल्दा लाग्थ्यो कि उहाँहरु निकै ठूलो युद्धमा विजयी प्राप्त गरेका छन् ।निकै बदनामी व्यहोरिरहेका भुल्केका जमातीमा स्थानीय साउदी अरबबाट फर्केका युवाबाट कोरोना सरेको थियो भने यसको खोजीमा प्रदेश सरकारले विशेष टोली परिचालन गरी समुदायमा फैलिन नदिन सतर्कता अपनाएको थियो।

उपचारमा खटिएका सबै जनाको व्यवहारबाट प्रसन्नता व्यक्त गर्दै उहाँहरुले नेपाल र नेपालीलाई सलाम गरेका थिए । प्रदेश नं.१ मा पहिलो पटक वैशाख ५ गते कोरोना सङक्रमित देखिएको थियो भने अहिले सम्म आइपुग्दा प्रदेशमा हिजो मात्र २३ जनामा सङ्क्रमण देखिएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित देखिनेमा मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक÷एक जना छन्।

मन्त्रालयका अनुसार यसरी सङ्क्रमण देखिएकाहरुमा विराटनगरका पाँच महिलासहित सात, रतुवामाईका १२, झापाको बा¥हदशीका दुई, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक÷एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९४५ पुगेको छ भने निको भै घर फर्कनेहरु ७४७ जना रहेका छन्।

प्रदेशमा आज ५१८ जनाको पीसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ सङ्क्रमितको उपचारका लागि सातबटा आईसोलेसन केन्द्रहरु स्थापना गरिएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ मोरङ, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगर, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुर, उद्योग बाणिज्य संघ, फुङलिङ अस्थाई केन्द्र (ताप्लेजुङ), जिल्ला अस्पताल खोटाङ अस्थाई केन्द्र स्थापित गरिसकेको छ । प्रदेश नं.१ को सरकारले काठमाण्डौ बाहिर पहिलो पटक कोभिड–१९ को उपचारको प्रबन्ध मिलाएको थियो।

कोभिड–१९ लाई पूर्णरुपमा रोकथाम, उपचार एवं नियन्त्रणका लागि प्रदेश सरकारले तिब्बत सरकारले रु.१० करोड बराबरको सहयोग गरेपछि भर्खरै स्वीस सरकारले रु ९० लाख बराबरको दुई थान अत्याधुनिक पिसीआर मेशिन उपलब्ध गराएकोले प्रदेश सरकारले यसको रोकथाम, उपचार एवं नियन्त्रणमा कुनै कसर बाँकी नराखेको पाइएको छ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले सङ्क्रमित भएर उपचार गरेर घर फर्कने अनुपात यस प्रदेशमा निकै सन्तोषजनक रहेको छ भन्दै यसमा हामी अझ सकारात्मक दिशाबाट अघि बढिरहेको जानकारी दिनुभयो।

उहाँले भारतमा कोरोनाको रोकथाम नभएसम्म नेपालमा यसको चुनौती कायम रहिरहने भन्दै कोरोनाबाट बच्न र बचाउन मानिसले भौत्तिक दूरी कायम गर्नु पर्ने, स्वास्थ्य आचार संहिता पालना गर्नु पर्ने कुरामा जोड दिँदै कोरोना समुदायमा फैलिन नदिन निकै प्रयास गरिरहेको जानकारी दिनुभयो।

कोरोना एकबाट अनेकमा फैलिने सरुवा एवं प्राणघातक रोग हो भने यसलाई निर्मूल पार्न समुदाय स्तरबाट प्रयास एवं सहयोग भइरहेको छ।

सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा निजी तहबाट सबै भन्दा पहिले उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले रु.१० लाख सहयोग गरेको सो कोषमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख उपसभामुख, सत्तापक्षका सबै सांसद र प्रतिपक्षका सांसदहरु तथा कर्मचारीहरुले आफ्ना पारिश्रमिकहरु दिएर सहयोग गरेको सो कोषमा गएको असार १९ गते सम्ममा रु.३३ करोड ५४ लाख जम्मामा रु.२७ करोड३३ लाख ८९ हजार खर्च भएको मुख्युसचिव दिनेश भट्टराईले जानकारी दिनुभएको थियो भने सो कोषमा प्रदेश सरकारले रु.२५ करोड जम्मा गरेको थियो । पछिल्लो समयमा सो सूर्य नेपाल प्रालिले रु.एक करोड जम्मा गरेको छ।

कोरोना उपचार कोषको बारेमा सदनमा प्रतिपक्षका सांसदहरुले खर्चको विवरण माग गर्दा मुख्यमन्त्री शेरधन राईले कोषको रकम पारदर्शीढङ्गले खर्च भएको बताउनु भएको छ।उहाँले कोषको रकम खवरदारी ,निगरानी र जवाफदेहीताका साथ कोभिड रोकथाम ,नियन्त्रणमा र उपचारमा खर्च भएको जानकारी दिनु भयो।

उहाँले कोरोनाका कारण स्थानीय तहमा राहत वितरण गर्न प्रदेश सरकारले एकद्वार प्रणाली मार्फत स्थानीय तहलाई रु.नौ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । जसमा महानगरपालिकालाई रु.२० लाख, उपमहानगरपालिका रु.१५ लाख, नगरपालिका रु.१० र गाउँपालिकालाई रु.पाँच लाखका हिसाबले रकम निकासा गरेको थियो।

कोभिड–१९ मित्र राष्ट्र चीनको वुहान शहरबाट फैलिएर विश्वभरि महामारीको रुपमा फैलिएर त्राहीमान बनेका विश्व समुदायसँग नेपाल पनि अछुतो रहन सकेको छैन भने अहिले सम्ममा यसबाट प्रदेश सरकारले गरेको प्रयास, पहलकदमी, उपचारबाट कसैले पनि ज्यान नगुमाउनु नै महत्वपूर्ण र प्रदेश सरकारको सफलताको रुपमा लिन सकिन्छ।यसको उपचारमा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, नर्श, कर्मचारी, प्रहरी,सञ्चारकर्मी पनि अछुतो रहन सकेनन् ।यसबाट बच्न र बचाउन सरकारले मात्र होइन आमनागरिक पनि सचेत र सतर्क रहनु पर्ने सन्देशलाई ध्यान मनन गर्नुपर्छ।

प्रतिक्रिया