कोभिड–१९ सङक्रमणबाट बच्न आँफै सतर्क हुन आवश्यक

मनोज दाहाल २०७७ साउन १३ गते २१:५८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१३साउन।कोभिड–१९ सङक्रमणबाट बच्नका लागि आँफै सतर्क हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयले आज यहाँ आयोजित कोभिड –१९ सम्वन्धी छलफल कार्यक्रममा सरोकारवालाहरुले वर्तमान अवस्थामा सङक्रमण समुदाय पूर्वअवस्थामा रहेको विचार व्यक्त गरेका छन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा पछिल्लो समय सङक्रमणको दर बृद्धि भएको बताउदै समूदायमा फैलिन नदिन आवश्यक सचेतनामा जोड दिनुभयो।

उहाँले सङ्क्रमण सम्वन्धी सतर्कता नअपनाउनेलाई कानुनको सहारा लिएर सर्तकता अपनाउने बताउनु भयो।

जिल्ला समन्वय समिति मोरङगका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरुले सार्वजनिक सेवा बन्द गर्दैमा सङ्क्रमण नियन्त्रणमा नहुने बताउदै सेवाग्राहीको अभिलेख राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनु भयो।

निजी अस्पताल सञ्चालकहरुको संगठन (अफिन)का प्रदेश संयोजक डा सुनिलचन्द्र अधिकारीले सङ्क्रमणबाट जोगिन अनुशासन आवश्यक रहेकोमा जोडदिदै होम आईसोलेसनमा बस्न सक्नेहरुलाई सरकारले सुविधा दिनुपर्ने टिप्पणी गर्नु भयो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले सीमाबाट अवैध आवागमन रोक्न सुरक्षा व्यवस्था कडा बनाईएको जानकारी दिनु भयो।

कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रका संयोजक डा. डेनप्रसाद आचार्यले सङ्क्रमण वृद्धिसँगै सरकारले उपचार गर्न नसक्ने भएकाले ब्यक्ति आँफै सुरक्षित एवं सचेत हुनुपर्नेमा जोड दिनुभयो।

सुनसरीको दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, नेकपा मोरङका नेता रामलाल साह, नेकपा महानगर कमिटी अध्यक्ष सागर थापा, नेपाली काङ्ग्रेस विराटनगरा कावा सभापति अरुण न्यौपानेले प्रदेश सरकारले परीक्षणको दायरा वढाई सङक्रमण क्षेत्रमा सिल गर्नुपर्ने सुझाव दिनुभएको थियो।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा सुरेश मेहताले प्रदेशको र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरको सङक्रमणको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया