टेक्ससको तालमा डुबेर २३ बर्षिय नेपाली बिद्यार्थी अश्मिता खनालको निधन
अमेरिकाको टेक्सस राज्यको लुइसभिल तालमा डुबेर २३ बर्षिय नेपाली बिद्यार्थी अश्मिता खनालको निधन भएको छ । गत आईतबार जुलाई २६ का दिन खनाल डुंगाबाट खसेर उनको निधन भएको हो ।
टेक्ससकै बिश्व बिद्यालयमा अध्ययन गर्दै गरेकी खनाल उक्त तालमा डुबे पछि उनलाई गोताखोरहरुले घन्टौको खोजी पछि उनको शव फेला पारेका थिए । उनको शवलाई हाल टेक्ससकै टेरंट काउन्टी स्थित चिकित्सा शव जाँच केन्द्रमा राखिएको छ ।
उनको निधन पछि उनको सहयोगको लागि गो फन्ड खोलिएको छ । उनको दाहसंस्कारको लागि ३० हजार डलर सङ्कलन गर्ने लक्ष्य राखिएको केही घण्टा मै १५ हजार डलर उठी सकेको छ ।
नजिकका नातेदार तथा परिवार सदस्यहरुले कानुनी रुपमा दाह संस्कार गरिने सम्बन्धमा काम गरि रहेको नेपाली समुदायले जनाएका छन ।
खनालको सामाजिक संजाल(फेसबुक-मुहार पुस्तिका)मा आफु काठमाडौँ घर भएको उनले उल्लेख गरेकी छिन् । अमेरिका उच्च अध्ययनमा आएकी खनाल उक्त तालमा साथीहरुसंग गएकी थिइन । श्रोतका अनुसार अन्य साथीहरुले सुरक्षाको लागि प्राण रक्षक वस्त्र (लाइफ ज्याकेट) लगाएका थिए भने उनले लगाएकी थिइनन ।
स्थानीय फक्स४ न्युज डटकमका अनुसार डेन्टन काउन्टीका एक खेल रक्षक(वार्डन)ले ३ बजे भन्दा पहिले हराएको खबर पाएपछि खोजी सुरु भएको थियो भनि समाचार प्रकाशित गरेको छ ।
उनी हाईल्याण्ड गाउँको एक डुंगामा सवार थिइन भनेर बताइएको छ।
https://charity.gofundme.com/o/en/campaign/asfa/nepalahead?
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया