विविको ‘बरको हाँगा’ म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७७ साउन १२ गते १७:२८ मा प्रकाशित

रोशन मेवाहाङ

 

काठमाण्डौ, साउन १२ । विष्णु र बिमल खातिको संयुक्त ‘बरको हाँगा’ म्यूज़िक भिडियोलाई सिएण्डडीले आफ्नो सामाजिक संन्जाल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

संगीत सबैका लागि चाहिने अपरिहार्य चिज भन्दा फरक नपर्ला संसार लक्डाउनले अस्तव्यस्त भइरहेको समयमा सायद संगीत नहुदो हो त कस्तो हुने थियो कल्पना गर्न पनि कठिन होला । हुन सक्छन कुनै संयोगका गीत होलान या कुनै वियोगका तर उदेश्य भनेको मन र मुटुलाई शान्त बनाउनु नै हो l गीतकार इक्साहाङ चेम्जोङले एउटी मायालुकालागि गरिएका हरेक सर्तहरु असफल भए पछि बनेका प्रेम कहानीलाई प्रस्तुत गर्न खोजिएको ‘बरको हाँगा’ काल्पनिक कथामा आधारीत छ ।

उक्त आधुनिक गीतलाई संगीतकार चन्द्र श्रेष्ठले संगीतबद्ध गरेका हुन् भने राजु कार्कीको संगीत संयोजन र बिमल खातीको आवाज रहेको छ । मिक्साम लिम्बुद्वारा सम्पादन गरिएको म्युजिक भिडियोमा देब्स राई र आयुषा लामाले अभिनय गरेका छन् ।

भौतिक रुपमा भेट नभए पनि विभिन्न देशमा श्रम गरिरहेका सर्जक कलाकारहरुले सामाजिक संजालको माध्यमबाट विष्णु खातीको निर्माणमा म्युजिक भिडियो बनाउन सफल भएका छन् ।

 

प्रतिक्रिया