चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशमा बस्ने एक छिनपनि अधिकार छैन् : गोपाल पराजुली (भिडियो सहित)

इनेप्लिज २०७७ साउन ११ गते २२:३१ मा प्रकाशित

काठमाडौं, ११ साउन । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायिक विचलनमा परेको गम्भीर आरोप लगाएका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पराजुलीले यस्तो आरोप लगाएका हुन् । उनले भने, निश्चयपनि उहाँका विगतका क्रियाकलापले उहाँ एउटा प्रष्ट रुपमा न्यायिक विचलनमा परेको देखियो ।’ चोलेन्द्र शमशेरलाई न्यायलयलाई राखिरहनु भनेको स्वतन्त्र न्यायालयमाथि धावा बोल्नु हुने उनको तर्क छ । जबरामा नैतिकता भए एक छिनपनि प्रधानन्यायाधीशमा बस्ने अधिकार नभएको पनि पराजुलीको टिप्पणी छ ।

पत्रकार धमलाले वर्तमान प्रधानन्यायाधीश जबराले न्यायालयलाई राम्रो बनाउने काम र आफूलाई कानूनी राज्यको पक्षमा काम गर्नुभएको छ त ? भन्दा पराजुलीले भने-‘ती सब गठखामसका कुराहरु हुन् । उहाँले त्यस्तो ऐतिहासिक काम गरेजस्तो मलाई लाग्दैन् । बरु म तपाईलाई ८, ९ वटा कुरा भन्दिन्छु । न्यायिक विचलन भनेको संसारमा कुनैपनि न्यायाधीशलाई कुनै फैसलाबाट न्यायिक टिप्पणी भयो भने त्यो व्यक्ति प्रधानन्यायाधीश भएको संसारमै सायद विरलै होला । उहाँ न्यायिक टिप्पणी (न्यायिक टिप्पणी भनेको तिम्रा फैसलाहरु उपयुक्त छैनन् । उहाँलाई राजीनामा गर्नुपर्नेसम्मको अवस्था आईसकेपछि, सँगैको एकजना चाहीँ रिटायर्ड हुनुभयो भूपध्वज अधिकारी । अनि कोमलनाथ शर्मा चाहीँ राजीनामा दिएर जानुभयो । त्यो बेलाको न्यायिक टिप्पणी गर्ने न्यायाधीशहरुसित अहिलेको गठबन्धनबाट कुर्सी जोगाएर उहाँ यो अवस्थामा आउनुभएको हो, नम्बर वान ।…..”

बाँकी भिडियोमा :

रिपोर्टर्स नेपाल बाट (https://www.reportersnepal.com/

प्रतिक्रिया