वेलायत सरकारको घोषणा साइकल चडेर कार्यालय जान

इनेप्लिज २०७७ साउन ११ गते २०:५४ मा प्रकाशित

लण्डन । बेलायत सरकारले कोभिड-१९ बाट बच्न सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई साइकल चडेर कार्यालय जान आग्रह गरेका छन् ।

गत महिनाबाट लकडाउन खुकुलो भएपनि सरकारले सामाजिक स्थान, अस्पताल, दोकान र कार्यालय जादा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने निर्देशन गरेका छन् । नियम पालना नगरे चर्को जरीमान हुन सक्ने जानकारी गराएका छन् ।

सरकारले आफ्ना नागरिकहरुलाई प्रतिरोधी क्षमता विकास गर्न साइकल चढेर कार्यालय जान सुझाव दिएका छन् । कोरोना संक्रमितको संख्या बढ्नसक्ने भन्दै सरकारले नागरिकहरुलाई यस्तो सुझाव दिएका हुन् ।

यातायात मंन्त्रालयका सचिव ग्रान्ट श्याप्सले वेलायतको यातायात सेवा सामान्यत फर्किन लामो समय लाग्न सक्ने आँकलन गरेका छन् ।

प्रतिक्रिया