बिहीबार, भदौ २ २०७९
काठमाडौं १५:५९
वासिङटन डिसी 06:14

मेरिल्याण्डको एक बिद्यालय बाहिर ३ जनालाई गोली प्रहार

इनेप्लिज २०७७ साउन ११ गते ११:३० मा प्रकाशित

मेरिल्याण्ड राज्यको एक बिद्यालय बाहिर ३ जनालाई गोली प्रहार गरिएको प्रहरीले जनाएका छन । मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीको एक प्राथमिक बिद्यालय बाहिर उक्त घटना भएको हो ।

मेरील्याण्डको जर्मनटाउन स्थित प्राथमिक बिद्यालयको पछाडी वृक्षयुक्त स्थानमा गत शनिबार राती गोली हानिएको हो । गत राती ८ बजे तिर क्लोपर मिल ईलेमेनट्री स्कुल नजिक सिनामोन ड्राइभ को गनर्स ब्रान्च उद्यानमा उक्त घटना भएको प्रहरीले बताएका छन । गोली लागेको कारण दुई जना पुरुष र एक महिलालाई अस्पताल लागिएको प्रहरीले सामाजिक संजाल ट्वीटर मा उल्लेख गरेका छन् ।

तिनीहरूको चोटपटकको प्रकृति र गहनता यस समय अज्ञात रहेको मोन्टगोमेरी काउन्टीक प्रहरीले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया