अमेरिकामा एकै दिनमा ६५ हजार मानिस कोरोनाबाट संक्रमित
४६ वटा राज्यमा संक्रमितको संख्यामा वृद्धि
इनेप्लिज
२०७७ साउन ११ गते ११:०८ मा प्रकाशित
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ६५ हजार पुगेको छ । उक्त संख्या सबै नयाँ हुन् भने लगातार चौथो दिन पनि कोभिड-१९ बाट मृत्यु हुनेहरुको संख्या १ हजार नाघेको छ ।
अत शनिबार ९ सय जनाको मृत्यु भएको तथ्याँक जोन्स हप्किन्स बिश्वबिद्यालयले निकालेको छ । अमेरिकामा हाल सम्म १ लाख ४८ हजार मानिसको मृत्यु भएको छ भने ४२ लाख ७३ हजार मानिसहरु कोभिड-१९ बाट संक्रमित छन ।
यसको साथै ४६ वटा राज्यहरुमा संक्रमितको संख्यामा वृद्धि हुदै गै रहेको छ । यही गतिमा संक्रमित हुदै गएमा अगस्त १५ सम्म १ लाख ७५ हजार मानिसहरुको मृत्यु हुने अनुमान गरिएको छ ।
श्रोत :एबिसीन्युज/सिएनएन
प्रतिक्रिया