बुधबार, भदौ १ २०७९
काठमाडौं ०३:५०
वासिङटन डिसी 18:05

एरिजोनाका प्राध्यापकको हत्याको अभियोगमा दुईजना किशोरहरु पक्राउ

इनेप्लिज २०७७ साउन १० गते २१:४४ मा प्रकाशित

एरिजोना स्टेट युनिभर्सिटी(बिश्व बिद्यालय)का प्राध्यापकको हत्याको अभियोगमा दुई जना किशोरहरुलाई पक्राउ गरिएको छ । एरिजोना मारीकोपा काउन्टीका अधिकारीका अनुसार उक्त प्राध्यापक गत मार्च महिना देखि हराई रहेका थिए ।

जुनसियोक चे नाम गरेका बिश्वबिद्यालयका सहायक अध्यक्ष तथा इन्जिनियरिंग (अभियन्त्रणा)का प्राध्यापक समेत रहेका उनि गत मार्च २५ देखि नै कामबाट घर नफर्केको प्रहरीले एक वक्तव्यमा जनाएका छन् ।

प्रहरीका अनुसार लुजियानाका प्रहरीले एक शंकास्पद सवारी साधनबारेमा सूचना दिदै संदिग्ध जाभियन इजेल र गेब्रिएल अस्टिन दुबै १८ बर्षियलाई भेटेका थिए । प्रहरीका अनुसार अर्का तेश्राको पहिचान हुन् नसकेको खुलाशा गरेका छन् ।

अधिकारीका अनुसार उक्त सवारी साधन प्राध्यापकको हुन् सक्ने बताईएको छ । गत मार्च ३० मा श्रेभपोर्ट प्रहरीले सम्पर्क गरेका थिए । अनुसन्धान पछि सहायक प्रहरीका अनुसार चे लाई फिनिक्सको उत्तर चौकमा हत्या गरेको थुप्रै प्रमाण फेला परेको जनाएका छन् ।

प्राध्यापकको शव एउटा ठूलो टोकरी (डम्पस्टर)मा राखि एरिजोनाको उत्तरी पश्चिम क्षेत्रीय फोहोर थुपार्ने मैदान (ल्यान्डफिल)मा लगिएको थियो । उनको शव गत मे ११ देखि जुलाई १७ सम्म खोजिएको थियो ।

उक्त स्थानमा प्राध्यापकको शव फेला पारेको प्रहरीले जनाएका छन । दुई किशोरहरु इजेल र अस्टिनलाई गत जुलाई १५ मा पक्राउ गरिएको र उनीहरुलाई लुजियानाबाट एरिजोना सुपुर्दगी गरिएको छ । उनीहरुलाई प्रथम श्रेणीको हत्या,हातहतियार सहित डकैत र सवारी साधन चोरीको आरोप लगाईएको छ ।

दुई संदिग्धहरुलाइ १० लाख डलरको जमानतमा राखिएको छ । सिएनएनका अनुसार इजेल र अस्टिन दुवैजना सेप्टेम्बर ३ मा अदालतमा पेश गरिने छ । मृतक प्राध्यापकले कोरियाबाट स्नातक गरि अमेरिका उच्च अध्ययनका लागी आएका थिए ।

मिसिगनबाट बिश्वबिद्यालयबाट बिद्युत इन्जिनियरिंग (अभियन्त्रणा)तथा कम्प्युटर साइन्स (सुसांख्य बिज्ञान) मा बिधावारिधि गरेका थिए । उनले एरिजोना विश्वबिद्यालयमा सन् २००५ देखि अध्यापन गराउदै आएका थिए ।

श्रोत :सिएनएन

प्रतिक्रिया