सोमबार, साउन २३ २०७९
काठमाडौं ०५:०३
वासिङटन डिसी 19:18

अमेरिकामा जनसम्पर्कको बिबाद २००७ देखि अहिले सम्म

शारदा क्षेत्री २०७७ साउन १० गते १६:५७ मा प्रकाशित

 

सबैमा जय नेपाल यो लाजमर्दो बिबादले कहिले सम्म स्थान ओगट्ने हुन् मनमा लागेको कुरा आज तितो सत्य बोल्दै भन्दै छु । यो टिके पोष्ट र व्यक्ति व्यक्तिको पुच्छर समात्ने प्रबिधि कहिले सम्म टिकाउनु हुन्छ ?

वरिष्ठ मानिएका मानिएका नेताहरु ? सन् २००७ देखि को जनसम्पर्कको बिबाद कहिले समाप्त भएन । होइन ! तपाईंहरुले कस्तो राजनीतिको पाठ सिक्नु भयो र कस्तो पाठ भावी पिडिलाई सिकाउदै हुनुहुन्छ ? के राजनीतिमा आबद्ध हुनु भनेको पोष्ट,भ्रष्ट,झगडा र खुट्टा तानातान गर्ने हो ? जहिले पनि बिबाद ।

नातावाद कृपावादको राजनीतिको हालिभालि नगरौ । तपाईं हरुलाई प्रश्न ? के काँग्रेस बिपि कोईराला, गणेशमान,कृष्णप्रसाद भट्टराईलेहरुले के के कता कता कुन कुन ठाँउमा भ्रष्टाचार झगडा,खुट्टा तानातान गरेका थिए ? यदि तपाईहरुलाई त्यो ईतिहास थाहा छ भने र काँग्रेस पार्टीमा लागेर कुन बेला देखि तपाईंहरुले बुझ्नु भयो ? यदि हिम्मत छ भने पार्टीमा सार्वजनिक गर्नुस । तपाईंहरु कहिले देखि राजनीति गर्नु भएको ?

सबै सार्वजनिक गर्नोस् ,बुझ्नु भयो । कलेजमा हो होरे गरेर उफ्रिएका बच्चाहरु आज अमेरिका आएर ठुलो नेता बनेर सधै बिबाद आउट गर्न लाज लाग्दैन तपाई हरुलाई ? पोष्टमा उठेर हारजित हुनु स्वभाबिक हो । अहिलेसम्म कुन जनसम्पर्कको अध्यक्षले के गरे के लछारपाटो लगाएक छन् । अहंकार ,अंहम गर्नुहुन्छ । काम गरेर देखाउन पर्य‍ो। अनि बोल्नु पर्यो। कदापि टीका लगाएर होस् या जितेर पोष्टमा बसे पछिको तपाईं हरुको काम नेता आउदा एअरपोर्ट जाने नेतालाई खादामाला लगाउने हानथाप गरेर नेताहरूको अगिपछि हिड्ने अनि पैसा उठाएर कार्यक्रम गर्ने त्यति मात्रै हो तपाईंहरुको काम मैले देखेको बुझेको छु ।

अनि ठुलो नेता हुँ भन्न लाज लाग्दैन तपाईं हरुलाई ? २००७ देखि अहिले सम्म बिबाद बिबाद ? तपाईहरु यद्यपि पढे लेखेका राजनीतिज्ञ हो भने नेपालमा काँग्रेस पार्टीको बिबाद किन मिलाउन सक्नु हुन्न ? नेपाल देश देखि बिदेशसम्म नेता बन्ने र पोष्टमा भ्रष्टाचार माफियाको काम गर्ने मात्रै हो । अहिले काँग्रेस का राजनीति पार्टीका नेताहरुको काम । किन त्यो फलानो को म फलानो को भन्दै किन ? बिबाद ? सच्चा काँग्रेस बन्न सिक्नोस । सबैलाई सच्चा काँग्रेस बन्न सिकाउनोस । तपाईहरु जस्ता कार्यकर्ताले हो नेता भाडेको बुझ्नुभय‍ो ?

नक्कली भ्रष्टे काँग्रेस ले सच्चा काँग्रेसहरुलाई भड्खालोमा पारे । यदि सच्चा काँग्रेस हो भने काँग्रेस पार्टी मिलाउनोस र सच्चा काँग्रेस बनेर देखाउनोस सधैं बिबादास्पदमा अल्झाउन पाईदैन । यदि पार्टीमा काम गर्न मन छ भने सबै काँग्रेसक‍ो मन जितेर बोल्नोस् । हामी काँग्रेस हौ भनेर हिड्ने बनाउनोस् । चेतना भया जय नेपाल एउटा जनसम्पर्क समिति तिनवटा किन बनाईयो ? के एउटा जनसम्पर्क समितिलेल भ्रष्ट हुण्डी कारोबार गर्न पुगेन ?

म त नेपालको २०१७ साल २०१८ देखि को सुन्दै बुवाहरुले ससुराहरुले गरेकोे काँग्रेसको राजनीति देख्दै आएको र अहिलेसम्म देख्दै छु। तपाईंहरु जस्तो अस्ति भर्खर उम्रेको च्याउ जस्तो होइन । परिस्थिति परिबन्दले राजनीतिमा पोष्ट लिन पाईएन त्यो आफ्नो ठाउँमा छ । ३६,३८ र ४८ साल सम्म मरेर लागेर काँग्रेस जिताउनेमा परियो । श्रीमान ससुरा बाबा देवर सबै काँग्रेसको राजनीति गर्ने भएर ।

बिपि कोईराला त्रय नेताहरुको बोल मान्ने हुनाले पछि परियो । आज आएर थाहा लाग्यो । चोर झुटमुटको राजनीति गर्नु पर्ने रहेछ । सोझो कार्यकर्ता ओझेलमा पर्ने रहेछ । अहिले चोर काँग्रेस को चालामाला देखेर बुझियो । हामी पार्टीको काँग्रेस भएर काम गरेको मान्छे बुझ्नु भयो ।

यदि राम्रो काम गर्नु पर्छ मलामि कमाउन पर्छ भन्ने जान्नोस । जति भ्रष्ट ढाँटेर धन थुपारे पनि मरेर जाँदा कात्रोमा गोजि हुदैन भन्ने जान्नोस । विशिष्ट भनाउदा नेताहरु जय नेपाल । पोष्ट बाहिर बसेर पनि काँग्रेस भईन्छ ।

मलाई गालि नगर्नु होला । मैले यि दुईवटा जिब्रो जता भ्रष्टाचार गर्न पैसा संकलन गर्न पाईन्छ। त्यतै लाग्ने भएका भ्रष्टे काँग्रेस को तितो सत्य ओकलेको ।

प्रतिक्रिया