मन्त्री घिमिरेद्धारा योजना अनुगमनलाई निरन्तरता

मनोज दाहाल २०७७ साउन १० गते १५:५४ मा प्रकाशित

विराटनगर, १० साउन । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन सम्पन्न गर्नु भएको छ।

मन्त्री घिमिरेले आर्थिक वर्ष २०७६ः७७ मा सांसद विकास कोष अन्र्तगतका विराटनगर महानगरपालिका वडा नं. १, २, ३, ८, १०, कटहरी गाउँपालिका वडा नं. १, २ र ३ का योजनाहरुको अनुगमन सम्पन्न गर्नु भयो।

उहाँले अनुगमनका क्रममा निर्वाचन क्षेत्रका बासिन्दाहरुको सुझाव र सल्लाह अनुसारको योजना बनाउने गरेको बताउनुभयो।

स्थानीयवासी, उपभोक्ता समितिका सदस्यहरु अनुगमनको क्रममा सहभागिता थिए । मन्त्री घिमिरेले आज विराटनगर १ अन्र्तगतका कार्यक्रम तथा योजनाहरुको अनुमगनका साथै जेष्ठ नागरिकहरुसँग छलफल पनि गर्नु भएको छ ।

जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि वजेट उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । यस्तै मन्त्री घिमिरेले विराटनगर १ मा बाढीले कटान गरेको स्थानको अनुगमन गर्नुका साथै कटान नियन्त्रणका लागि रु पाँच ५ लाख उपलब्ध गराउन भयो।

सांसद विकास कोष अन्र्तगत गत आर्थिक वर्षमा वडा नं. १ मा विष्णुमायाँ सामुदायिक भवनका लागि रु १५ लाख, विजयपुर टोल हुँदै जानकी मार्गमा वाल र तथा ग्राभेल सडकका लागि रु पाँच लाख, चिनारी मार्ग पिच सडकका लागि रु १५ लाख, चिनारी मार्ग रिटेनिङ वाल निर्माणका लागि रु सात लाख, शिव मार्ग नाला र ढलानका लागि रु सात लाख ५० हजार, जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि रु दुई लाख, शिव आधारभुत विद्यालयको घेरावाराका लागि रु पाँच लाख, राधाकृष्ण भूपालमानसिंंह कार्की माविमा सूचना प्रविधि कार्यक्रमका लागि रु ६५ हजार, पाथिभरा मन्दिर जाने सडक निर्माणका लागि रु २० लाख, दुर्गा मन्दिर जाने सडक निर्माणका लागि रु ४५ लाख वजेट विनियोजन गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार गत आर्थिक वर्षका योजनाहरु सम्पन्न भएका छन्।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया