प्रदेश नं. १ मा १० जना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ साउन १० गते १५:४८ मा प्रकाशित

विराटनगर, १० साउन । प्रदेश नं. १ मा आज १० जनामा सङ्क्रमण देखिएको छ ।

यसरी सङ्क्रमण देखिनेहरुमा मोरङमा पाँच, सुनसरीमा दुई, झापा, ते¥हथुम र खोटाङ्गमा एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिनु भयो।

मोरङको विराटनगरका दुई महिला सहित तीन, पथरीशनिश्चरेका दुई, सुनसरीको इनरुवामा दुई, झापाको मेचीनगरमा एक महिला, खोटाङको दिक्तेलर ते¥हथुममा एक÷एक जनामा सङक्रमण देखिएको छ ।प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ८९१ पुगेको छ।

यस्तै प्रदेशमा आज ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म ३९ हजार ११२ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. मेहताले जानकारी दिनु भयो ।

प्रतिक्रिया