कोरोनासंगै मानब बेचविखनको जोखिम झन बढ्यो

सुनिता दनुवार २०७७ साउन १० गते १४:४३ मा प्रकाशित

कोभिड १९को महामारीसंगै मानब बेचबिखन पनि झन बढेको छ । कोरोना महामारीले गर्दा मानब बेचबिखनको जोखिम उच्च हुदै गएको छ ।

अहिलेको अबस्थामा मानब बेचबिखन जोखिमबाट हामी कसरी जोगिन सकिन्छ भन्नेबारेमा केही प्रकाश पार्न खोजेकी छु । त्रिपक्षीय तर्फबाट यसको बिश्लेषण गर्ने जमर्को गरेकी छु आशा छ ।  मानब बेचबिखनको भित्रि मर्मलाई स्पष्ट दर्साउने छ भन्ने बिश्वास मैले लिएकी छु ।

म सुनिता दनुवार १४ बर्षको उमेरमा बेच बिखनमा परेकी थिए र ६ महिना पछि १९९६ सालमा उद्धार भएको थिए । म माथि भएको अन्याय र अत्याचारको विरुद्धमा निरन्तर संर्घष गर्नेे अठोट र संकल्प गरेकी थिए जस्को फलस्वरुप म मानब बेचबिखन विरुद्धमा विगत २४ वर्ष देखि क्रियाशिल रहेको छु ।

म आफु पनि बेचबिखनमा परेको कारण जब देशमा महामारी र आर्थिक रुपमा संकटको सिर्जना हुन्छ त्यति बेलामा मानब बेचबिखनको उच्च जोखिम बढ्नुका साथै अन्य प्रकारका अपराधिक घटनाहरु समेत घट्ने गरेका गरेका छन ।

कोरोनाले विश्वनै आज आतंकित भएको छ र नेपालमा पनि कयौंको मृत्यु , हजारौ जना संक्रमित भएका छन् । चार महिना भन्दा बढी समय लकडाउन भएको छ ।

कोरोना महामारीको समयमा आर्थिक रुपमा सिङ्खो मुलुक नै संकटमा परेको बेला विशेष गरि पछाडि पारिएका वर्ग (दलित, जनजाति, अपाङगता भएका व्यक्ति, महिला र मानब बेच बिखनबाट प्रभावितहरुमा बढी यसको प्रभावमा परेका छन् । जब मुलुकमा संकट पर्छ त्यसको फाइदा मानब बेच बिखन गर्ने दलालहरुले उठाउने गरेका छन् ।

उदाहरणका लागि २०७२ बैशाख १२ गते नेपालमा महा भूकम्प गएको बेला धेरै व्यक्तिहरुको बस्ने बास र खाने गास समेत खोसीएको थियो उक्त बेला नुवाकोट जिल्ला घर भएकी र स्कूलमा शिक्षिकाको रुपमा काम गर्ने एक जना शिक्षिकालाई दलालले के म तिम्रो साथी बन्न सक्छु भन्ने रेडियो कार्यक्रमबाट उनको नम्बर लिएर दिन दिनै फोन गरेर फसाएको थियो र तिमीलाई म बिहे गरेर सुरक्षित रुपमा राख्छु भन्दै बिहे गरी लगेर दिल्लीको कोठीमा बेचेको थियो ।

कोरोनाको बन्दा बन्दीमा उदयपुर घर भएका र हाल घरानमा बसोबास गर्ने दुई किशारीहरुलाई ललाइ फकाइ गरी आमाहरुलाई समेत फकाएर तिम्रो छोरीलाई राम्रो काम लगाइदिने भन्दै लाहान ल्याउन खोज्दा बाटोमा सशस्त्र प्रहरी बलले उद्धार गरेको समाचार आएको थियो । यस्तो संकटमा मानब बेचबिखन मात्र नभई अन्य अपराधिक घटनाहरु समेत घटेको हामीले देखेका छौं ।

जस्तै रुकुममा जातीय विभेदका कारण ६ जना युवाहरुले ज्यान गुमाउन पुगे, त्यसैगरी सम्पत्तिको लोभ र ससुराले एक बुहारीलाई बलात्कार गर्न प्रयास गरी सके पछि उक्त घटनालाई दबाउन ससुरा, सासु र नन्द मिलेर लोहोरोले किचेर मारियो र बुहारीले आत्महत्या गरेको हो भनियो तर प्रहरीको अनुसन्धानमा त्यो आत्महत्या नभई मारिएको भन्ने खुलासा भयो, धादिङमा आफ्नै बाबुद्वारा ९ वर्ष कि बालिकालाई बलात्कार गरियो, सुर्खेतमा ४ वर्षकी बालिकालाई २४ वर्षे युबकद्धारा बलात्कार गरियो ,धनगढीको क्वारेन्टिनमा बसेको महिला माथि त्यहि काम गर्ने चिकित्सक लगायत अन्य काम गर्ने सहकर्मिले मिलेर बलात्कार समेत गरे ।

यहि बन्दा बन्दीका बेला धेरैले आत्महत्या समेत गरे । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ मा फरक धर्मका हिन्दु र मुसलमान महिला र पुरुषले एउटै फासीमा आत्महत्या समेत गरे । महिला माथि हुने घरेलु हिंसाहरु पनि बढेका छन भने अर्को तर्फ महिलाहरुको मानसिक अबस्थामा समेत समस्या उत्पन्न भएको छ ।

कोरोना र बन्दा बन्दीका कारण धेरै को रोजगारी गुमेको छ, व्यवसाय गरेर खानेहरुको व्यवसाय ठप्प भएको छ सबै मानिसहरु आर्थिक संकटको सामना गर्नु परेको अवस्थामा दलालहरुले बढी चलखेल गर्ने मौका पाएका छन् । त्यसैले उक्त जोखिमलाई न्यूनिकरण गर्नको लागि कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा सुनिता फाउण्डेशनको आयोजनामा ९ वटै वार्डमा कोबिड १९ को महामारीमा मानब बेचबिखनको उच्च जोखिमलाई न्यूनिकरण कसरी गर्न सकिन्छ र सामाजिक संजालको सहि सदुपयोग कसरी गर्ने भन्ने विषयमा त्यहां रहेका वडा स्तरीय महिला संजालहरुका सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो ।

मानब बेचबिखन बिदेशमा मात्र नभई नेपालमा पनि आन्तरिक बेचबिखन भएको छ र पचास हजारको हाराहारीमा मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरी र किशोरहरुको अबस्था कस्तो छ ? कस्ले उनीहरुको लागत राखेको छ ? किन कि यो क्षेत्र भनेको आन्तरिक बेचबिखन मात्र नभएर बाह्रय बेचबिखनको लागि पछिल्लो समयमा ट्रान्जिट समेत बनेको छ । यो क्षेत्रमा धेरै संघ संस्थाले काम पनि गरेका छन् तर आज उनीहरु कुन अबस्थामा रहेका छन् भन्ने कुरा त्यो क्षेत्रमा काम गर्नेहरुलाई थाहा छ त ?

यो कोरोनाको कारण नेपाल लगायत विश्वका थुप्रै देशहरुमा नेपाली कामका लागि गएका छन् र हाल कोरोनाका कारण काम नभएर बिचल्लीमा परिरहेका छन् अब उनीहरुको अबस्था कस्तो होला ? यस विषयमा नेपाल सरकारले खै सम्बेदनशिलता ? यदि यो समयलाई राज्य र विभिन्न संघ संस्थाले मध्ये नजर नगर्ने हो भने नेपालमा मानब बेचबिखन, मानब तस्करी र मानब दासताको अबस्था भनेको भयाब हुन सक्छ । आर्थिक संकटको कारण धेरै महिला तथा किशोरीहरुले आपूm र आफ्नालाई बचाउनको लागि यौन व्यापारमा लाग्न बाध्य भएका छन् र उनीहरु कोरोना बढी जोखिममा रहेका छन् यसकोबारेमा खै कसैले चासो देखाएको मैले पाएको छैन ।

मानब बेचबिखन भन्ने बित्तिकै मानिसहरुको बुझाईमा महिला मात्र बेचबिखनमा पर्ने, अशक्षित,गरीवी, जनजाति, दलितहरु र त्यो पनि भारतका कोठीहरुमा मात्र बेचिन्छन् भन्ने धारण रहेको छ । अहिले सिंगो मानब जाति नै बेचबिखन हुने गरेको छ । जुनसुकै वर्ग ,जातिको मानिसहरु बेचबिखन हुने गरेका छन् र विश्वको जुनसुकै कुनामा पनि बेचबिखन हुने गरेको छ । बैदेशिक रोजगारको नाममा, आन्तरिक बेचबिखन, आमा बनाउने नाममा, उच्चशिक्षाको नाममा, विवाहको लागि, माग्ने बनाउन, अङग झिकेर बेच्ने,घरेलु कामको लागि समेत बेचबिखन भएको छ । पहिला नेपाल स्रोत देशको रुपमा परिचित थियो भने अहिले स्रोत, पार्वन र गन्तव्यको रुपमा विकसित भएको छ ।

मानब बेचखिनलाई अन्त्य गर्न नेपाल सरकारले कानुन तथा नीतिहरु निर्माण नगरेको होइन , नेपाल सरकारको सहयोगमा सामाजिक संघ संस्थाहरुले पुनस्र्थापना केन्द्रहरु समेत संचालन गरेका छन् भने मानब बेचबिखन विरुद्धमा १० वर्र्षीय राष्ट्रिय कार्ययोजना समेत बनेको छ । कानुन तथा नीति नियमहरुको बनेका छन्, १९९६ सालमा हामीलाई छापा मारेर निकालेको थियो त्यो बेला नेपाल सरकारले हामीलाई नेपाल ल्याउन मानेको थिएन भने त्यसको तुलनामा नेपाल सरकारबाट धेरै राम्रो कामहरु भएका छन् तर यो अझै प्राप्त र प्रभावकारी भएको पाइदैन।

अहिले पनि मानब बेचबिखनको मुद्धालाई नेपाल सरकार र विभिन्न राजनितिक पार्टिहरुले प्रथामिकतामा राखेर काम गरेको पाइदैन जस्ले गर्दा बेचबिखन प्रभावितहरुको मनोबल घटेको र दलालहरुको मनोबल बढेको पाइन्छ ।

विभिन्न संघ संस्थाहरुले आ आफ्नै तरिकाबाट मानब बेचबिखन विरुद्धमा काम गरेका छन्, बेचबिखनमा परेकालाई उद्धार, स्वदेश फिर्ति र पुर्नस्थापना गरेका छन् साथै विभिन्न सचेतना कार्यक्रमहरु संचालन गरेका छन् । विभिन्न संजालहरुको निर्माण गरी नेपाल सरकारसंग पैरवी तथा वकालत समेत गरेका छन् ।

संघ संस्थाहरुले धेरै राम्रा काम नगरेका हैनन्, सबैले आ आफ्ना ढंगले गरेका छन् सबै संघ संस्थाहरु एक जुट भएर काम गर्नु पर्छ भन्ने मान्यता छैन एक अर्का बिचमा अस्वस्थ प्रतिष्पर्धा गर्ने गर्ने गरेका छन् त्यस कारण पनि मानब बेचबिखनको अन्त्य भएको छैन बरु यसको स्वरुपहरुमा परिवर्तन भएको छ । त्यसै गरी जो बेचबिखन प्रभावितहरु छन् उनीहरु अहिले पनि खुलेर अगाडि आउन सकेका छैनन् । कारण समाजको डर र आफ्नो सुरक्षा । प्रभाबितहरुको अहिले पनि न्यायमा पहुँच पुग्न सकेको छैन, क्षतिपूर्ति भनेको जस्तो पाउन सकेका छैनन् ।

बेचबिखन प्रभावितहरु अधिकार मात्र खोज्ने तर आफ्नो कर्तव्य निर्वाह नगर्ने र आफ्नो क्षमता समेत बढाउन नचाहाने, केहि प्रभावितहरुले अर्काको श्रीमानसंग बिहे गर्ने, अर्काको श्रीमानसंग माया गर्ने र बिहे नगरी संगै बस्ने र बाहिर अरुसंग सम्बन्ध राख्ने अनि श्रीमानसंग पार्पचुके गर्ने गरेका छन् त्यसकारणले सबै प्रभावितहरुलाई समाजले एउटै नजरबाट हेर्ने गरेको छ ।

साथै प्रभावित–प्रभावित बिचमा पनि धेरै अस्वस्थ प्रतिष्पर्धा हुने र अलि बुझेको र नेतृत्वमा रहेकोलाई कसरी हुन्छ तल झार्न पाए हुने थियो भन्ने सोचका कारण प्रभावितहरु नेतृत्वमा आउन सकेका छैनन् । प्रभावित–प्रभावितहरुको बिचमा अस्वस्थ प्रतिष्पर्धा कारण अरु गैर प्रभावितहरुले फाइदा समेत लिने र प्रभावितहरुलाई एकजुट हुन नदिने , दोहोरो भूमिका खेल्ने गरेका छन् र त्यसको बारेमा के सहि के गलत हो भन्ने कुरा छुटाउन सक्ने क्षमता प्रभावितहरुमा बिकास भैसकेको अबस्था छैन ।

अहिलेको आबश्यकता भनेको पछाडी पारिएको वर्ग र यूवाहरुलाई कसरी नेपालमा स्वरोजगार बनाउन सकिन्छ भन्ने नै हो । यो विषयमा नेपाल सरकारले सोचेर योजना ल्याउन जरुरी छ भने यो क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले पनि समय अनुसार आफ्नो रणनिितक योजनामा समेत परिवर्तन गर्न आबश्यक रहेको छ । नेपालमा भएको मानब बेचबिखन विरुद्धको कानुनमा समेत परिवर्तन गर्न आबश्यक छ । नेपाल कृषि प्रधान देश भनेर विश्वभरी परिचित छ तर आज खाधान्नको लागि हामी अन्य मुलुकहरुसंग भर परेका छौं ।

किन अब नेपालमा आधुनिक र बिषादी रहित कृषिलाई प्रथामिकतामा नराख्ने ? यदि पछाडी पारिएको वर्ग र यूवाहरुलाई सीप तथा केहि सहुलियत दिएर कृषि सम्बन्धी उनीहरुलाई उत्प्रेरणा दिन सकेको खण्डमा मानब बेचबिखन, मानब तस्करी तथा मानब दासताको अन्त्य हुन्छ । नेपाल सरकारले पनि यो बिषयमा गम्भीर भएर सोच्न अत्यन्त जरुरी छ किन अहिले लोकतन्त्र आएको छ र तीन तहका सरकार रहेको छ जुन स्थानीय, प्रदेश र संघीय यो तीन वटै सरकारले नेपालका नागरिक र विशेष गरी युवाहरुको स्वरोजगारको बारेमा ध्यान दिन आबश्यक रहेको छ ।

प्रतिक्रिया