अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अनलाइन कक्षा मात्र लिए प्रवेश निषेध गर्ने
अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अनलाइन(साङ्गणिक) कक्षामात्र लिए प्रवेश निषेध गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथिको नयाँ प्रतिबन्धहरू खारेज गरेको एक हप्ता पछि संघीय अध्यागमन अधिकारीहरूले उक्त घोषणा गरेका हुन् ।
नयाँ विदेशी विद्यार्थीहरूलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न निषेध गरिनेछ यदि उनीहरूले यो शरद् ऋतुमा पूर्ण रूपमा बिधुतिय माध्यमबाट मात्र कक्षा लिएमा भनि सार्वजनिक गरेका छन ।
महा बिद्यालय(कलेज)काअधिकारीहरूलाई दिएको ज्ञापनपत्रमा युएस इमिग्रेसन एण्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) ले शुक्रबार मार्च ९ सम्म भर्ना नभएका नयाँ बिद्यार्थीहरूले ‘पूर्ण पाठ्यक्रम अनलाइन पढ्ने हो भने प्रवेशआज्ञा (भिसा) लिन सक्ने छैनन्’ भनि घोषणा जारी गरेका छन ।
यो घोषणाले मुख्यरुपले विश्वविद्यालयहरूमा भर्ना हुन आशा राखेका नयाँ विद्यार्थीहरूलाई असर गर्छ जसले कोरोनाभाइरस महामारीको परिणामका रूपमा पूर्ण साङ्गणिक (अनलाइन) कक्षा उपलब्ध गराउँदछ।
उक्त घोषणामा यस्तो भनिएको छ : अन्तर्राष्ट्रिय विद्यार्थीहरू जो पहिले नै अमेरिकामा छन् वा विदेशबाट फर्किएका छन् । र प्रवेशाज्ञा पहिले नै प्राप्त गरि सकेका छन् भने अझ पनि पूर्ण अनलाइन (बिधुतिय )कक्षा लिनको लागि अनुमति दिइनेछ भनिएको छ ।
उक्त नियमहरू “मार्च ९ पछि नयाँ वा प्रारम्भिक स्थितिमा गैर-आप्रवासी विद्यार्थीहरूलाई” विद्यार्थी र एक्सचेन्ज भिजिटर प्रोग्राम (एसईभिपी )अन्तर्गत आईसीईले आफ्नो अंतर्जालस्थल (वेबसाइट) मा लेखेको छ।
“थप रूपमा, निर्दिष्ट महाबिद्यालय/बिश्व बिद्यालयका अधिकारीहरूले नयाँ वा प्रारम्भिक स्थितिमा रहेका गैर-आप्रवासी विद्यार्थीलाई आई-२० जारी गर्नु हुँदैन जो अमेरिका बाहिर छ र एसईभिपी प्रमाणित शैक्षिक संस्थामा पूर्ण अनलाइन कक्षा लिने योजना छ।” भनि घोषणा जारी गरेका छन ।
श्रोत : अलजजिरा डटकम युएसए
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया