आइतबार, साउन २२ २०७९
काठमाडौं २१:३७
वासिङटन डिसी 11:52

“कविता वाचन गरेर असहायहरुको सेवा गर्ने कविन” “एउटा कलिलो होनहार प्रतिभा “

इनेप्लिज २०७७ साउन ९ गते २२:०६ मा प्रकाशित

 

१० बर्षिय बालक कबिन बिक्रम शाहले यो कोरोना कहरमा आमा संग फेसबुक मार्फत कविता वाचन गरेर नेपालका गरीब असहायहरुलाई सहयोग गरेका छन्, सानैदेखी धर्मकर्ममा रुचि राख्ने कबिन बिक्रम शाहको पढाइ पनि त्यतिकै राम्रो छ।

यो बर्ष चार कक्षामा पनि स्कुलमा सबै भन्दा अगाडी भएका छन् भने ५ बर्षको उमेरमा नै “Love you mom” भन्ने गीत लेखेर आफैं गाउँदै र त्यसमा आफ्नी आमा संग अभिनय समेत गरेर सबैको मन जित्न सफल भएका थिए।

उनी अमेरिकाको न्यूयोर्क स्थित Elmhurst hospital मा जन्मेका हुन् ।  सानैदेखि तिक्ष्ण बुद्धिका कबिन प्यानोमा पनि रुचि राख्छन् र कविता त्यतिकै राम्रो लेख्छन् डान्स पनि गर्छन् , नेपाली भाषा पनि राम्रो जानेका छन् , आमाले नेपाली सभ्यता सिकाएको कुरामा गर्व गर्छन् उनि ।

उनी आमा संग नेपाल तीन चोटी गएका छन्। नेपाल जाँदा उनलाई पशुपतिनाथ मन्दिर धेरै मन परेको कुरा बताँउछन् र उनलाई मामाघरमा हातले दाल र मोही मिसाएर खाएको खानाको अझै याद आउँछ रे। भविष्यमा बैज्ञानिक हुने बिचार बताउने कबिन चान्स पाए राजनीतिमा पनि हात हालेर भविष्यमा यो देशको एउटा असल लिडर भएर देश चलाउने सपना समेत बोकेको बताउँछन्  । उनकी आमाको भनाई अनुसार जतिबेला सात दिनका थिए  उनको Crib, सुत्ने बेड माथि इन्द्रेणीको छाँया सात दिन बसेको कुरा अनि आश्चर्य भएर कसैलाई सुनाएको दिन नै हटेर गएको कुराले केही शक्ति लिएर जन्मेको बताउँछिन्।अन्तिममा कबिन बाबुको उज्यालो भविष्यको कामना गर्दै सेवा भावमा सदा मन लागिरहोस् शुभकामना छ।

भगवानले कल्याण गरुन् ।

सेवा नै धर्म हो ।। रिमा साईराम सेवा घर भर्खर मात्र सञ्चालन हुँदैछ त्यहाँ भित्र मर्मत गर्नु पर्ने धेरै कुराहरू बाँकी…

Posted by Rima Sapkota Sairam on Thursday, 23 July 2020

प्रतिक्रिया