जन्म दिनको अवसरमा खातीद्वारा अस्पतालका विरामीलाई फलफुल वितरण

वीरेन्द्र रावल २०७७ साउन ९ गते २१:४४ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, साउन ९÷ जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य हुँदै जान थालेको छ।

फजुल खर्च भन्दा मानव सेवामा ुसकेको रकमबाट सहयोग गर्नु पर्छ भन्ने सन्देशदिनकै लागि भएपनि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउन्ु पर्ने धारणाका साथ आफ्नो जन्म दिनलाई नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका महासचिव, अन्तराष्ट्रिय निर्णायक तथा जिल्ला खेलकुद विकास समितिका उसु सहायक प्रशिक्षक रतन खातीले शुक्रबार जन्मदिनको अवसरमा नवजीवन अस्पताल धनगढीमा फलफूल तथा जुस वितरण गरेका छन ।खातीले ४४ औं जन्म दिनको अवसरमा शुक्रबार अस्पतालमा उपचार गराई रहेका विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेका हुन।अस्पतालमा फलफूल तथा जुस वितरण गर्दै खातीले उपचाररत विरामीहरुको सिघ्र स्वास्थ्य लाभ र सफल उपचारका लागि समेत कामना गरेका छन्।

सो

अवसरमा नवजीवन अस्पतालका म्यानेजिङ डाइरेक्टर यज्ञराज ढुङ्गाना, शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेशकुमार खाती, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विदुरमणी ढकाल, जिल्ला खेलकुद विकास समिति कैलालीका पूर्वअध्यक्ष राजीव गुप्ता लगायत उसु खेलाडीहरुको उपस्थिति रहेको थियो।

पछिल्ला दिनहरुमा जन्म लिनलाई मानव सेवामा लगाउने कार्यले नेपाली मन र पनलाई विगतको अवस्थामा विस्तारै पुगाउन सक्ने र आपसी सद्द्धभाव र भाईचारका सम्बन्ध देखि लिएर एक नेपालीलाई पर्ने पीडा अर्को नेपालीलाई बोध हुने गरि समाज सेवाका कार्यक्रमहरु बिस्तारै अघि बढिरहेकाले केहि हद सम्म भएपनि लक्षित समुदाय भने लाभान्वित बन्न थालेको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया