आइतबार, साउन २२ २०७९
काठमाडौं २२:०८
वासिङटन डिसी 12:23

न्यूयोर्कमा कोरोनाबाट संक्रमित एक व्यक्ति १ सय २८ दिन पछि अस्पतालबाट रिहा

इनेप्लिज २०७७ साउन ९ गते ११:०९ मा प्रकाशित

न्यूयोर्कमा कोरोनाबाट संक्रमित एक व्यक्ति १ सय २८ दिन पछि अस्पतालबाट रिहा भएका छन । उनलाई न्यूयोर्कको माउन्ट सिनाई अस्पतालले ४ महिना भन्दा ज्यादा समय पछि अस्पतालले मुक्त गरेको हो ।

ल्यारी केली नामका उक्त व्यक्ति गत मार्च १७ मा उनलाई काम्ने र संक्रमित भए पछि अस्पताल भर्ना गरिएको थियो । उनलाई केवल ५१ दिन सम्म मात्र वायु-प्रवाहक(भेन्टिलेटर)मा राखिएको थियो ।

उनलाई गत बुधबार जुलाई २३ का दिन अस्पतालले मुक्त गरे पछि स्वास्थ्यकर्मी तथा परिवारले उनलाई भब्य रुपमा बिदा र स्वागत गरेका छन् । उनलाई ५१ दिन सम्म वायु-प्रवाहक चालु राख्दा पनि परिवारले आशा भने मारेनन ।

श्रोत :सिएनएन /बिजिनेस इनसाईडर डटकम

प्रतिक्रिया