शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २२:५२
वासिङटन डिसी 13:07

अमेरिकामा एकै दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ हजार

तेश्रो दिन पनि मृत्युहुनेको संख्या १ हजार भन्दा ज्यादा

इनेप्लिज २०७७ साउन ९ गते १०:४० मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ हजार ६ सय ६३ पुगेको छ । गत २४ घन्टामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको छ ।

जोन्स हप्किन्स बिश्वबिद्यालयका अनुसार तेश्रो दिन पनि मृत्यु हुनेको संख्या १ हजार भन्दा ज्यादा पुगेको छ । अमेरिकामा हाल सम्म १ लाख ४६ हजार जनाको मृत्यु भएको छ भने ४१ लाख मानिसहरु संक्रमित भएका छन ।

फ्लोरिडामा मात्र गत बिहिबार १७३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १० हजार २ सय ४९ भएको स्वास्थ्य विभागले जनाएको छ । यसै गरि क्यालिफोर्नियामा गत बिहिबार मृत्यु हुनेको संख्या १५३ र संक्रमितहुनेको संख्या ८ हजार २ सय ४ पुगेको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया