दुनियाँलाई पनि तिमी अरूको नजरबाट हेर भन्दै आईन प्रियंका ( भिडिओ )

इनेप्लिज २०७७ साउन ९ गते १०:२८ मा प्रकाशित

सपनाहरू प्रिय हुन्छन्, सुन्दर र लोभलाग्दा हुन्छन् तर ती केवल सपना हुन् । सपना देख्दैमा ती पूरा हुँदैनन् । त्यसका लागि त तपाईंले कठिन अभ्यास गर्नुपर्छ । यति कठिन जसले परिवर्तन ल्याओस् । त्यसैले कर्मवान् हुनुहोस्, स्वप्नदर्शी होइन ।

माथिका शब्दको भाव अनुसारको गीत ‘संसार फेर्ने लिएर गायिका रानी शाक्य आएकी छिन। रोमाण्टिक , मेलोडियस थुप्रै गीत संगीत सार्वजनिक गरिसकेकी शाक्यले यस पटक फरक स्वादको सामाजिक संदेश बोकेको गीत लिएर आएकी हुन्। पेशाले चिकिस्तक शाक्यले पेशा र प्यासनलाई एकसाथ अगाडि बढाउने कोसिस गर्दै निरन्तर अघि बढिरहेकी छिन्।

यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ। गीतमा संगीत दिपक शर्माको रहेको छ। गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन्।

जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको म्युजिक भिडियोमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्की फिचर्ड छिन् भने राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामा सहायक भूमिकामा देखिएका छन्। उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गायिका शाक्यको अफ़िसिएल च्यानल रानी शाक्य मार्फत भिडियो सार्वजनिक भएको छ।

प्रतिक्रिया