आइतबार, साउन २२ २०७९
काठमाडौं २१:१२
वासिङटन डिसी 11:27

व्हाइट हाउसमा आक्रमणको गुप्त योजना बनाउने जर्जियाका मानिसलाई १५ बर्ष कैद

इनेप्लिज २०७७ साउन ९ गते १:५१ मा प्रकाशित

व्हाइट हाउसमा आक्रमणको गुप्त योजना बनाउने जर्जियाका एक मानिसलाई १५ बर्ष कैदको फैसला सुनाईएको छ । उनलाई जुलाई २३ बिहिबारका दिन उक्त सजाय सुनाईएको अदालतको आधिकारिक अनलाइन (साङ्गणिक) अभिलेखमा उल्लेख गरिएको छ ।

उनले व्हाइट हाउसमा ट्यांक विध्वसंक तथा विस्फोटक पदार्थद्वारा आक्रमण गर्ने योजना बनाएका थिए । जर्जियाका हाशर जलाल तहेब नामका उक्त व्यक्तिलाई गत अप्रिलमा अभियोग लगाइएको थियो ।

उनले सरकारी सम्पत्ति नष्ट र आगजनी र विस्फोटक पदार्थद्वारा आक्रमण गर्ने प्रयास गरेका थिए । उनलाई १५ बर्षको कारागार अतिरिक्त ३ बर्ष सम्म पर्यवेक्षणमा छोडिने छ ।

तहेबले मस्तिष्कमा स्पष्ट पारेका थिए कि उनको “व्हाइट हाउसमा आक्रमण गर्न असंख्य हतियार र विष्फोटकहरू प्राप्त गर्ने लक्ष्य ‘सकेसम्म बढी क्षति गर्नु’ थियो । र ‘शहीद हुनु’, अन्तसम्म लड्नु र ठूलो धमाका गर्नु, प्रवेश गर्नु “ह्वाइट हाउस र सकेसम्म धेरै मानिसलाई खतम गर्नु ” अभियोजन पक्षले अदालतमा मुद्दा दर्ता गरेको एक ज्ञापनमा लेखेका छन ।

स्थानीय कानून प्रवर्तनले एफबिआई संग मार्च २०१८ सम्पर्क गरेका थिए भने एक समुदाय सदस्यबाट तहेबले कट्टरपन्थी विचारहरु अपनाएको कुराको बारेमा जानकारी पाएका थिए । अक्टोबर २०१८ मा गुप्त संघीय अन्वेषकहरूसँगको वार्तालापमा तहबले विदेश यात्रा गर्ने योजना बनाएका थिए । र,व्हाइट हाउस र स्वतन्त्रताको प्रतिमामा आक्रमण गर्ने चाहना रहेको बताएका थिए।

संघीय गुप्तचरले उनलाई गत बर्ष जनवरी १६,२०१९ मा बुफोर्ड जर्जियामा पक्राउ गरिएको थियो । तहेबले एउटा भाडाको गाडी लिएर हातहतियार सहित यात्री स्थान(पछाडी -प्यासेनजर सिट)मा बस्ने प्रयास गर्दा गर्दै संघीय गुप्तचरले पक्राउ गरेका थिए ।

श्रोत :एपी/डब्लुटिओपी

प्रतिक्रिया