विराट नर्सिङ्ग होमका चिकित्सक सङ्क्रमित – अर्को निर्णय नभएसम्म बन्द
विराटनगर, ८ साउन । विराटनगरस्थित विराट नर्सिङ्ग होममा कार्यरत एक जना चिकित्सकलाई कोरोना भाइरस सङ्क्रमण देखिएपछि बिहीबार देखि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ।
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले अर्को निर्णाय नभएसम्मको लागि विराट नर्सिङ्ग होम शिल गरिएको जानकारी दिनुभयो ।
अस्पतालका सञ्चालक समेत रहेका चिकित्सकलाई विहीबार सङ्क्रमित पुष्टि भऐपछि अस्पताल शिल गरिएको हो।
सङ्क्रमित चिकित्सकको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ सुरू गरिने महानगरले जनाएको छ । कन्ट्रयाक टेसिङ्गदेखि अस्पताल पूरै सेनिटाइज गर्नुपर्ने हुनाले अर्को निर्णय नभएसम्म शिल गरिएको कार्कीले बताउनु भयो।
अस्पतालमा भर्ना भएका सम्पूर्ण विरामी र सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको पनि स्वाब संकलन गरी परीक्षण गरिने भएको छ।
कोरोना सङ्क्रमित पुष्टि भएपछि मंगलबार रातिदेखि सम्पर्कविहीन बनेका चिकित्सक बिहीबार दिउँसोे ११ बजे सम्पर्कमा आएको महानगरले जनाएको छ ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
प्रतिक्रिया