मंगलबार, साउन २४ २०७९
काठमाडौं १४:१२
वासिङटन डिसी 04:27

समाचार नबन्ने मनकारी नेपाली युवायुवतीहरु जो सधै नेपालको हितमा सहयोग जुटाउछ्न

भाग-१

इनेप्लिज २०७७ साउन ८ गते २२:२५ मा प्रकाशित

अमेरिकामा हुर्किएका नेपाली भाषी युवायुवतीमा समाजसेवाप्रति गहिरो अभिरुचि देखिएको छ । कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोग गर्ने उदेश्यले नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले सुरु गरेको विश्वव्यापी अभियानमा नेपाली युवायुवतीहरुले उल्लेख्य योगदान दिएका छन् । अभियानमा योगदान दिनेहरुमध्ये अधिकांस अमेरिकामा अध्ययन गरी आआफ्नो पेशा र ब्यबसाय गर्दै आएका नेपाली युवायुवतीहरु छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नेपाली सञ्चार जगत पनि प्रत्यक्ष प्रभावित हुंदा २ हजार भन्दा वढी नेपाली पत्रकारहरुले आर्थिक संकट वेहोरिरहेका छन् । प्रारम्भिक प्रतिवेदनहरूले नेपालबाट प्रकाशित तथा प्रसारित हुने ७ सय भन्दा बढी सञ्चार माध्यमहरू कोभिड १९ का कारण पूर्णतः सञ्चालनमा नरहेका देखाएको छ । सञ्चार माध्यमहरू बन्द हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमहरूले बजार तथा विज्ञापनमा मन्दी छाएका कारण देखाउँदै पत्रकारहरुलाई निस्कासन गर्ने, बेतलबी विदामा बस्न दवाव दिने तथा कार्यरत पत्रकारहरुलाई यसअघि पाइरहेको तलवमा ५० प्रतिशत भन्दा बढी कटौती गर्ने गर्दा देश भरमा २ हजारको हाराहारीमा पत्रकारहरूको दैनिक जीवन यापनमा समस्या भएको छ ।

कतिपय लामो समयसम्म फाइदामा सञ्चालित ठूला व्यवसायिक घरानाका सञ्चार माध्यमहरूले यो महामारीलाई आधार मानी पत्रकारहरुलाई निकाल्ने र आफ्ना शाखा प्रकाशन बन्द गर्ने अवसरको रूपमा उपयोग गरेको पनि महसुस भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार नेपालभरिका करिब २ हजार र काठमाडौं उपत्यकामा मात्रै करिब ५ सय बढी पत्रकारहरु आर्थिक संकटमा परेको अनुमानित तथ्याङ्क पत्रकारिता सम्बद्ध संस्थाहरूको रिपोर्टले देखाएको छ ।

महामारीका कारण सञ्चार माध्यमहरू वन्द हुनु वा पत्रकारहरुको दैनिक जीवनयापन हुन नसक्ने अवस्था सिर्जना हुनु दुःखदायी क्षण हो । आवाजबिहीनहरुका आवाज बनिरहेका पत्रकारहरु अहिले भने आफैँ आवाज विहीन बनेको अवस्था छ । नेपाल सरकारले अहिलेसम्म संकटमा परेका पत्रकार लगायत अन्य पेसाकर्मीहरुका लागि कुनै पनि अल्पकालीन र दीर्घकालीन राहत योजना सार्वजनिक गरेको छैन । यस तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराई उठेको सहयोगमा बराबरीको रकम म्याच गरी समस्यामा परेका पत्रकारहरुको हितमा सहयोग गर्न नेपाल सरकारलाइ आग्रह समेत गरेको ईञ्जाले जनाएको छ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय सञ्जाल ९ईञ्जा०ले यस गम्भीर संकटको अवस्थामा पत्रकारहरुको रोजिरोटीका समस्याहरूलाई हल गर्न अल्पकालीन र दीर्घकालीन विशेष अभियान सुरु गरेको छ । यो अल्पकालीन अभियान अन्तर्गत ईञ्जाले  एक लाख अमेरिकी डलरको लक्ष्य राखी एक गोफन्ड खाता समेत खोलेर सहयोग जुटाउने काम सुरु गरेकोमा युवायुवतीहरुको सहयोगले रकम संकलन हुने क्रम तीव्र भएको संस्थाका उपाध्यक्ष सुनिल मणि दाहालले वताउनुभयो ।

इञ्जाले आर्थिक संकट वेहोरिरहेका पत्रकारहरुको विवरण संकलन गर्न आफ्नो वेवसाइट मार्फत एक  अनलाइन फर्म समेत सार्वजनिक गरेको छ ।

कहिले पनि नेपाली समाचारमा स्थान नपाउने वा समाचार नबनाइएका यी मनकारी नेपाली युवायुवतीहरु जो सधै नेपालको हितमा सहयोग जुटाउछ्न, सहयोग गर्दछन।   यस प्रकार सहयोग गर्ने मनकारी नेपाली युवायुवतीहरुको संक्षिप्त परिचय

सौर्य चापागाई निकिता चापागाई

अमेरिकामा मास्टर्स अध्ययन सम्पन्न गरि लेखा तथा ब्यबस्थापनतर्फ भर्जिनियास्थित प्रतिष्ठित कम्पनीमा ब्यबसायिक रुपमा आफ्नो कर्म गर्दै आएको यो जोडीले नेपालको पीडा र समस्यामा हरेक पटक दान र सहयोग प्रदान गर्दै आएको छ।

सागर सुवेदी/पुनम सुबेदी :

अमेरिकामा मास्टर्स गरेर केन्टकी राज्यमा परिवार सहित बसोबास गर्दै आएका सागर केन्टकी राजस्व विभागमा राजस्व अडिटर (आयकर विश्लेषक) को पदमा कार्यरत छन। नेपाल बाट अमेरिका आए पछि यस्तो अवसर भएको मुलुकमा पढेर केहि गर्नु पर्छ भन्ने सोच र अठोटका साथ सागरले केन्टकी युनिभर्सिटिमा आफ्नो अध्ययनलाई अगाडि बढाएको बताउछन। नेपाल र नेपाली का हितमा सदा चिन्तन गर्ने सागर ले दुख र पिडा मा नेपाल र नेपाली सुमुदायालाई सहयोग पुर्याउदै आएका छन्।

निक (प्रियस) दाहाल

अमेरिकाको जर्ज मेसन कलेजबाट ब्यबस्थापनको अध्ययन सम्पन्न गरी निक प्रतिष्ठित कम्पनी अमाजनका अपरेशन म्यानेजरका रुपमा कार्यरत छन। उनी वाशिंटन डिसी क्षेत्रका अपरेशन म्यानेजर हुन्।  निकले  नेपाल र नेपालीको बिकास र उन्नतिका लागि तथा पीडा र समस्या पर्दा हरेक पटक दान र सहयोग प्रदान गर्दै आएका छन्।

निशेष भट्टराई 

निशेषले अमेरिकामा आफ्नो अध्ययन पुरा गरि व्यवसायीक रियल्टरका रुपमा परिचय बनाएका छन् । नेपाली रियल्टर डट कम मार्फत आफ्नो ब्यबसायलाई अगाडी बढाउदै आएका निशेषले नेपाली समुदायलाई घर किनबेच लगायतका सरसल्लाह प्रदान गर्दै आएका छन।निशेष एक समाजसेवी पनि हुन्। नेपाली समाजका हरेक गतिविधिहरुमा उनको सहयोगी हातहरु अगाडि बढने गरेको छ।

सार्थक दाहाल

भर्जिनियास्थित जर्ज  मेसन कलेजबाट सुचना प्रबिधितर्फ ईञ्जिनियरिङ्गको अध्ययन सम्पन्न गरेका सार्थक  एक प्रतिष्ठित संस्थामा साइवर सेक्युरिटीमा पेशागत कर्म गर्दै आएका छन्। डिसी क्षेत्रको फुटबल टिममा आवद्व सार्थक लोकप्रिय फुटबल खेलाडी समेत हुन्। सार्थकले नेपाल र नेपालीको बिकास र उन्नतिका लागि तथा पीडा र समस्या पर्दा हरेक पटक दान र सहयोग प्रदान गर्दै आएका छन।

मुकुन्द कोइराला (ठुटे कवि)

भर्जिनिया निवासी मुकुन्द कोइराला एक युवा साहित्यकार र कवि हुन्। नेपाली साहित्य र भाषाको उत्थानका लागि ईञ्जाले आफ्नो कार्यक्रममा नेपाली साहित्य र भाषालाइ प्राथमिकतामा राखेकाले  हर्ष प्रकट गर्दै ईञ्जाको सुरुवाती दिनहरुदेखि नै ईञ्जा अभियानमा सक्रिय हुदै आएका छन्।

रेशु शर्मा राहुल शर्मा (दिदीभाइ)

अमेरिकाको न्यूयोर्कबाट अध्ययन पुरा गरेका यी मनकारी दिदीभाईको कर्म अत्यन्त लोभलाग्दो छ। पेशाले रेशु प्रख्यात बोइङ्ग कम्पनीमा कार्यरत छन भने भाइ राहुल एरो इन्जिंयरिङ्गको अध्ययन पश्चात अमेरिकन एयरफोर्स अन्तर्गत कार्यरत छन्। नेपालमा आइपर्ने हरेक समस्यमा यी दिदीभाइले सहयोगी हातहरु वढाउंदै आएका छन् ।

सौन्दर्य चापागाई 

अमेरिकामा सुचना प्रविधिको अध्ययन पुरा गरी हाल वेस्ट भर्जिनियामा आफ्नो कर्म गर्दै आएका सौन्दर्य नेपाली युवाबीच एक लोकप्रिय र परिचित नाम हो। आफ्नो पेशा बाहेक खेलकुद , गीत संगीतमा रमाउने सौन्दर्य नेपाल र नेपालीको बिकास र उन्नतिका लागि तथा पीडा र समस्या पर्दा हरेक पटक दान र सहयोग प्रदान गर्दै आएका छन।

एलेक्स बस्नेत

अमेरिकाको जर्ज मेसन कलेजबाट सिभिल ईञ्जिनियरिङ्गको अध्ययन पुरा गरेका एलेक्स बस्नेत भर्जिनियास्थित एक प्रतिष्ठित कम्पनीमा आफ्नो कर्म गर्दै आएका छन्।  डिसी क्षेत्रको फुटबल टिममा आवद्व एलेक्स लोकप्रिय फुटबल खेलाडी समेत हुन्। एलेक्सले नेपाल र नेपालीको बिकास र उन्नतिका लागि तथा पीडा र समस्या पर्दा हरेक पटक दान र सहयोग प्रदान गर्दै आएका छन।

निकेश थपलिया:

डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेस अन्तर्गत अफिस अफ रेफ्यूजी रिसेटलमेन्टको अनअकम्पनिड एलियन माइनर्स कार्यक्रममा परिवार पुनर्मिलन अधिकारीका रूपमा कार्यरत निकेश गैरकानूनी तरिकाले सीमा पार गर्ने वा मानव तस्करीका कारणले सीमामा आएका, तथा इमिग्रेशन एण्ड कस्टम्स एनफोर्समेन्ट (आइस) ले अमेरिकी भूभागभित्र भिसा सकिएको अथवा कागज़ नभएको अवस्थाका १८ वर्ष मुनिका बाल बालिकाहरूलाई हिरासतबाट संरक्षण गर्ने कार्यक्रममा निरन्तर सक्रिय रहदै आएका छन् । निकेशले अमेरिकाका ५० राज्यहरू तिनीहरूका राजधानीसँगै सबैभन्दा चाँडै खरर भन्ने र लेख्ने, तथा विश्वका २१५ स्वतन्त्र राष्ट्र र भूभागका राजधानी सम्झिने कला छ। यीनले आफ्नो अदभुत कला देखाएर अमेरिकी अनलाइन विश्व रेकर्ड कम्पनी रेकर्ड सेन्टर मार्फ़त सन २०११ मा विश्व रेकर्डहरू बनाइएका छन्। मनकारी र मिलनसार निकेशले नेपालबाट अमेरिकामा पढन आएका साथीहरुलाइ सधै सहयोगको हात फैलाउने गरेका छन् र बिद्यार्थीहरु माझ एक लोकप्रिय नाम समेत हो निकेश।  देश दुख्दा आफुलाई पनि दुख्छ, बोर्डरमा अलपत्र परेकाहरुलाई देख्दा आखा रसाउछन भन्दै सकेको सामाजिक कार्यमा सहयोग गर्न निकेश सधै अग्रसर हुन्छन।

कला न्यौपाने  

भर्जिनिया स्थित नोभा कलेजमा दोश्रो बर्षमा अध्ययनरत कला अमेरिकामा लोकप्रिय नेपाली मोडलकारुपमा आफुलाई स्थापित गराउन सफल भएकी छन् ।  कलाले  प्रसिद्ध कोरियोग्राफर फोटोग्राफर राजीव श्रेष्ठको फोटो स्टुडियोसंग आवद्ध भएर तीज, दशैं, नयॉ वर्ष आदिको सुपर हिट फोटोहरु सूट गरिसकेकी छन।  संस्कृत र नेपाली भाषा पनि राम्रो लेख्न र बुझ्न सक्ने कलाले हालै युट्युवमा आफैंले संस्कृतमा गाएको अच्युथास्तम पनि रिलिज गरेकी छन । नेपाली हरुका हरेक सामाजिक कार्यक्रमहरुमा सहभागिता जनाउने कला दुख र पीडामा परेकाहरुलाई सहयोग जुटाउन अग्रसर रहन्छिन।

रायन दाहाल

अमेरिकाको जर्ज  मेसन कलेजमा बायोजोजी र वाइल्ड्लाइफ़ तर्फ मास्टर्समा अध्ययनरत रायन सोही कलेजमा फेलोसिप अन्तर्गत फ्रेसमेंट बिद्यार्थीहरुलाई पढाउने पनि गर्दछन। प्रकृति र जनावर प्रति अत्याधिक लगाव भएका रायन हाइकिङ्ग र अनुसन्धानात्मक कार्यमा बिशेष रुचि राख्छन। आफ्नो पिएचडीको अध्ययन पुरा गरि नेपालमा जेनेटिक र वाइण्ड्लाइफ़को क्षेत्रमा एउटा आयोजना लिएर जाने आफ्नो योजना भएको रायन बताउछन।  रायनले नेपाल र नेपालीको बिकास र उन्नतिका लागि तथा पिडा र समस्या पर्दा हरेक पटक दान रसहयोग प्रदान गर्दै आएका छन।

वर्षा भुजेल

पोलटिकल साइन्समा अध्ययनरत वर्षा ‘ईञ्जाको साथी’ नामक कार्यक्रमको संयोजक हुन्।   समुदाय का बिबिध गतिविधिहरुमा बर्षा ले मुलधारका व्यक्तित्वहरु लगायत स्थानीय राजनीतिज्ञ हरुको अन्तरबार्ता लिई सकेकिछन।  अत्यन्त शालीन ,भद्र र मिलनसार वर्षा आध्यात्म तर्फ समेत आकर्षित छन।  दुख र पिडा मा परेका हरुलाई सहयोग गर्न सदा अग्रसर हुने वर्षा मुलधारका व्यक्ति तथा व्यक्तित्व माझ समेत लोकप्रिय छन्।

शीतल लुइटेल

जर्ज मेसन युनिभर्सिटीमा आइटी र कम्प्युटर साइन्स मेजर लिएर तेश्रो बर्षमा पढ्दै गरेकी शीतल पढाइ सगै भर्जिनियाको थमस जेफर्सन हाई स्कूलको इन्फरमेसन र टेक्नोलोजी फेलोशिपको लागि बिद्यार्थीहरुलाई तयारी गराउने इन्टिच्यटमा काम गर्छिन। सामाजिक कार्यमा सधै अगाडि सर्ने शीतल दुखमा परेकाहरुलाई सहयोग गर्न पाउदा आफुलाई खुशी लाग्ने बताउछिन।

तृषा दाहाल

अमेरिकाको नोभा कलेजमा फोटोग्राफी र ग्राफिक डिजाइनमा अध्ययनरत तृषा फोटोको विधामा बिशेष रुची राख्छिन। छ बर्षको उमेरमा अमेरिका आएकी तृषालाई हरेक सामाजिक भेटघाट र कार्यक्रमहरुमा हातमा क्यामेरा बोकेर फोटो खिच्दै गरेको देख्न पाईन्छ। तृषाले नेपाल र नेपालीको बिकास र उन्नतिका लागि तथा पीडा र समस्या पर्दा हरेक पटक दान र सहयोग प्रदान गर्दै आएकी छन।

भाग २ चाडै आउदैछ

प्रतिक्रिया