महिलाका लागि नमुना होल्डिङ्ग र आईसोलेशन स्थापना

इनेप्लिज २०७७ साउन ८ गते २१:०९ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, साउन ८ ÷ धनगढीमा कोरोना संक्रमित महिलाहरु र उपचार गर्न आएका तर अप्ठेरो अवस्थामा रहेका महिलाहरु राख्नका लागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको छ।

धनगढी उप–महानगरपालिले बिहीबार देखि वडा नं १ मा रहेको बि. पोलिटेक्नीकमा महिला होल्डीङ्ग र आईसोलेशन संचालनमा ल्याएको हो । होल्डिङ्ग र आईसोलेशनको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले उद्घाटन गरेका हुन । जसमा आईसोलेशन तर्फ १० वटा बेड रहेका छन् भने होल्डिङ्गका लागि १२ वटा बेड रहेका छन्।

नगरप्रमुख वडका अनुसार सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीयतहबाट उपचार गर्न धनगढीमा आएका र अप्ठेरो अवस्थामा रहेका गर्भवती, सुत्केरीहरुलाई होल्डिङ्ग सेन्टरमा राखेर उपचार गरिने छ।

त्यहाँ कुरुवा, केटाकेटीहरुका हेरचाह गर्ने ब्यक्तिलाई राख्ने ब्यबस्था पनि गरिएको छ । त्यसैगरी आईसोलेशन सेन्टरमा धनगढी उप–महानगरपालिका क्षेत्र भित्रका कोरोना संक्रमित, संक्रमित भएका तर लक्षण नदेखिएकाहरुलाई राखेर उपचार गरिने ब्यबस्था गरिएको नगरप्रमुख वडले बताए।

महिला होल्डीङ्ग आईसोलेशन सेन्टरमा चौबिसै घण्टा स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यबस्था पनि गरिएको छ नगरप्रमुख वडले भने, लम्कीचुहा नगरपालिकामा क्वारेन्टीनमा बसेकी महिला माथी यौन दुब्यावहार भएको घटना आएकाले पनि यहाँ महिला सुरक्षाकर्मीको ब्यबस्था गरिएको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले धनगढीमा स्थापना गरिएको महिला होल्डीङ्ग र आईसोलेशन देशकै नमुना भएको बताए । उनले भने, यो प्रदेश अन्य प्रदेश भन्दा कोरोनाको बढी जोखिममा भएकाले पनि आईसोलेशन आवश्यक हो।

धनगढी उप–महानगरपालिकाले स्थापना गरेको महिला होल्डीङ्ग र आईसोलेशनमा धनगढीमा रहेका राष्टिूय तथा अन्तराष्टिूय गैरसरकारी संस्था, नीजि क्षेत्रको सहकार्य रहेको छ ।धनगढी उप(महानगरपालिकाले यस अघि नै वडा नं १५ मा ५३ वेडको आईसोलेशन पनि संचालनमा ल्याई सकेको थियो ।

प्रतिक्रिया