मेरिल्याण्डमा आफ्नो बुवालाई गोली हानी हत्या गर्ने छोरा पक्राउ
मेरिल्याण्डमा आफ्नो बुवालाई गोली हानी हत्या गर्ने छोरा पक्राउ गरिएको छ । मोन्टगोमेरी काउन्टीको डमसकसका युवाले बुवालाई हत्या गरेको आरोपमा उनलाई गत बुधबार बिहान जुलाई २२ का दिन पक्राउ गरिएको मोन्टगोमेरी काउन्टी प्रहरीले जनाएका छन ।
२४ बर्षिय छोरा जेसी जिमेनेजले ४६ बर्षिय बुवा म्याकलिन जिमेनेजलाई बादबिबाद हुँदा गोली हानी हत्या गरेका थिए । डिसी प्रहरीले गत बुधबार सामाजिक संजालमा ट्वीट गर्दै म्याकलिन जिमेनेज २७ बर्ष सम्म निजामती सेवामा काम गर्ने कर्मचारी रहेको जनाएका छन् ।
मोन्टगोमेरी काउन्टी प्रहरीका अनुसार उक्त वादविवादमा छोरा जिमेनेजको बैनी र आमा पनि वादविवादको समयमा संगै रहेको बताएका छन् । उक्त विवाद उनीहरुकै छिडी(बेस्मेन्ट)मा भएको थियो भने ११ बजे बिहान अगाडी गोली चलेको प्रहरीले जनाएका छन ।
गोली हाने पछि उनि भागेका थिए भने प्रहरीले पछ्याई उनलाई समातेका थिए । उनलाई प्रथम श्रेणीको हत्याको अभियोग लगाईएको छ । आमा र बैनीका अनुसार बुवा र छोराको वादविवाद मात्र भएको तर पछि उनले बन्दुक ल्याएर गोली हानेको प्रहरीलाई बताइन ।
श्रोत : डब्लुटिओपी ,तस्बिर : डिसी प्रहरी बिभाग
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया