कोरोना भाइरसको सक्रियतासंगै टर्कीमा गैर आवासिय नेपाली संघको १९ सदस्यीय तदर्थ समिति स्थापना भयो । तर विभिन्न कारण दर्शाई टर्कीको सम्बर्धनलाई सार्थकता दिने प्रक्रियामा विभिन्न रोकावटका कारणहरु देखाउदै युरोप संयोजन पक्ष र अन्तरराष्ट्रीय समन्वय परिषदले टर्कीको सम्बर्धनलाई विचाराधीनमा राखेको थियो।
मिती १४ जुलाई २०२० मा पत्रकार महासंघ युरोपले गर्दै आएको श्रृंखलाबद्ध समसामयिक विषयमा कोरोना कहरको २२ औ श्रृंखलामा टर्कीको समसामयिक विषयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो।
टर्कीको गैर आवासिय नेपाली संघका तदर्थ समितिका अध्यक्ष उज्वल कुमार घिसिंग, महासचिव डा. बिनोद पौडेल, टर्की नेपाली समाजका संरक्षक तथा संस्थापक राजन योन्जन, संयोजक श्यामकला राई, बिद्यार्थीहरु मोहम्मद जाबेद अन्सारी र बिकास सुनामका साथमा विभिन्न देशका पत्रकारहरुको सहभागितामा भएको कार्यक्रममा अस्ट्रियाका पत्रकारहरुले टर्कीको गैर आवासिय नेपाली संघसंगको सम्बर्धनमा उठाएको प्रश्नले गैर आवासिय नेपाली संघ टर्कीका तदर्थ समितीका अध्यक्ष उज्ज्वल कुमार घिसिंगलाई यस प्रक्रियामा भएका त्रुटि र बाधाको विषय स्पष्टसंग बोल्न थप सहयोग भएको थियो ।
साथै उक्त अन्तर्क्रियाले अन्तरराष्ट्रीय समन्वय परिषदलाई प्रक्रियाको पार्दशितामा थप दबाब समेत पर्यो ।युरोप संयोजक नारायण आचार्य र महासचिव डा हेमराज शर्मा नै टर्की गैर आवासिय नेपाली संघको बाधक रहेको भन्ने सन्देश सार्वजनिक भए लगत्तै केही संचार माध्यमको मार्फत यस घटनालाई मलमपट्टी गर्ने काम पनि नभएको होइन तर अन्ततः आज शनिवार, १८ जुलाई २०२० का दिन गैर आवासिय नेपाली संघ टर्कीले अन्तरराष्ट्रीय समन्वय परिषदबाट सम्बर्धन प्राप्त गरेको छ।
टर्की अहिले विश्वमा सबैभन्दा बढी शरणार्थी भएको देश हो जहां हाल ४ लाख भन्दा बढी मानिसहरु शरणार्थीको रुपमा बसोबास गरिरहेका छन। तीमध्ये धेरै सिरियाली युद्ध प्रभावितहरु छन। युरोपियन युनियनले टर्कीका अधिकारीहरूसँगको निकट सहकार्यमा मानवीय आवश्यकताको आधारमा शरणार्थीहरुलाई सहयोग गर्दै आएको छ।
यसैको गलत फाइदा उठाएर इस्तांबुललाई मानव तस्करहरुले मुख्य निसाना बनाउदै आएका छन । हाल टर्कीमा करीब चार हजार नेपालीहरु बसोबास गरीरहेका छन र जसमा करीब दुई हजार नेपालीहरु अवैधरुपमा बसोबास गरिरहेका छन। यदि टर्कीलाई गैर आवासिय नेपाली संघसंग जोडियो भने यसको प्रत्यक्ष असर मानव तस्करमा संलग्नहरु पर्ने कारणले नै सम्बर्धन विभिन्न बहाना बनाई रोकिएको भन्ने हल्ला समेत युरोपका नेपाली बजारमा तातेको थियो।
जेहोस ! सबैभन्दा कान्छो गैर आवासिय नेपाली संघ टर्कीले त्यहां बसोबास गरिरहेका नेपालीहरुको हकहितमा महत्वपुर्ण भुमिका निभाउछ भन्ने विश्वासका साथ सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरुलाई हार्दिक बधाई तर शुभकामना ।
प्रतिक्रिया